Techie IT
HK Tube Nepal

करूणा राई हत्या आरोपमा ६३ वर्षिय दिपक गिरी पक्राउ


लेटाङ, फागुन १३ । मोरङको लेटाङ-८ ज्यामिरेकी १२ वर्षीया करूणा राईको हत्या आरोपमा प्रहरीले सोही स्थानका ६३ वर्षिय दिपक गिरीलाई पक्राउ गरेको छ ।

गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । गिरीले बुधबार पाँच बजे स्कूलबाट घर फर्किएकी करुणालाई बलात्कार गरेपछि हत्या गरेको स्वीकार गरेको एसपी जिसीले बताए ।

‘बलत्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिडेको बयानको क्रममा स्वीकार गरेका छन्,’ एसपी जिसीले भने, ‘अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट गिरीको मात्र संलग्न देखिएको छ । थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका गिरीको एक महिना अगाडी श्रीमतिको मृत्यु भएको थियो ।

श्रीमतिको मृत्यु भएपछि उनी एक्लै बस्दै आएका थिए । पक्राउ परेका गिरीले बालिका हत्या गरेको स्थान उनको घरदेखि एक किलोमिटर दक्षिणमा पर्दछ ।
तिन दिनदेखि हराईरहेकी लेटाङकी करुणा राई शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी थिइन।
आज बिहान लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनभित्र केराको झ्याङ परिसरमा गाडेको अवस्थामा ती बालिकाको शव फेला परेको थियो । उनको शव नाङ्गो अवस्थामा भेटिएको थियो । शवको पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

 



तपाईको कमेन्ट लेख्नुहोस्