Techie IT
HK Tube Nepal

बयरवन खानेपानी समितिको अध्यक्षमा पुनः हरिप्रसाद पौडेल


कानेपोखरी, फाल्गुन १३ । मोरङ कानेपोखरी गाउँपालिका ७ मा रहेको बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः हरिप्रसाद पौडेल चयन भएका छ्न ।
शुक्रबार सम्पन्न ५ औं चुनावी साधारण सभाबाट पौडेल सहितको १५ सदस्यीय समिति निर्विरोध चयन भएको हो । उपाध्यक्षमा विजयगोपाल गड्तौला र धुव्रमाया कोइराला, सचिवमा बद्रीप्रसाद भट्टराई, सहसचिवमा केदार चाम्लिङ राई र कोषाध्यक्षमा भोलानाथ पराजुली सर्वसहमत चयन भएका हुन ।
त्यसैगरी सदस्यहरूमा भगिप्रसाद फुयल, अशोक फुयल, लिलाबहादुर श्रेष्ठ, इन्दिरा बाँस्कोटा, चेलिमाया दर्जी, यसोदा राई, पुष्कर बजगाईँ, आनन्दप्रसाद दाहाल र बिमला राई छानिएका छ्न । साधारण सभामा संस्थाले प्रगती प्रतिवेदन, आर्थिक बर्ष २०७७÷०७८ तथा २०७८÷०७९ अनुमानित आयव्यय पारित र लेखा परीक्षण प्रतिवेदन अनुमोदन गरेको थियो ।



तपाईको कमेन्ट लेख्नुहोस्