Techie IT
HK Tube Nepal

नायक पल शाहविरुद्ध अर्को बलात्कारसम्बन्धी जाहेरी


काठमाडौं, फागुन १५ । नायक पूर्ण विक्रम शाह(पल शाह) विरुद्ध गैंडाकोटमा अर्को जबरजस्ती करणी जाहेरी परेको छ।

आज गैंडाकोटस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी परेको र सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए।

यस्तै गत बुधबार पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि बलात्कारको अभियोगमा जाहेरी दर्ता भएको थियो। सोही विषयमा थप अनुसन्धानका लागि शाहलाई आज मात्रै प्रहरीले पक्राउ गरेको छ।



तपाईको कमेन्ट लेख्नुहोस्