पथरी शनिश्चरे ४ मा ३ सय ज्येष्ठ नागरिक सम्मानित
पथरी शनिश्चरे, फागुन १५ । मोरङको पथरी शनिश्चरे ४ मा आइतबार ७० वर्षमाथिका ३ सय जना ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी सहितले पुरुषलाई ढाकाटोपी र महिलालाई दोसल्लाले सम्मानित गर्दै ज्येष्ठ नागरिकको हक हितमा नगर र वडा सधै संवेदनशील भएको बताएका थिए ।
वडा कार्यालयको ९१ हजार ६ सय रुपैयाँको बजेटमा वडा ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दाहाल सहितले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम केन्द्रका वडा समिति अध्यक्ष गजेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा ९० वर्षीय पदमप्रसाद शिवकोटी सहित ३ सय जना ज्येष्ठलाई सम्मानित गरिएको हो ।
तपाईको कमेन्ट लेख्नुहोस्