Techie IT
HK Tube Nepal

‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ : सिरिजङ्गा ३-० गोल अन्तरले विजयी


पथरी शनिश्चरे, फागुन २१ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा जारी  ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ अन्तर्गत समुह ‘बि’ को पहिलो र खेलको तेश्रो दिन सिरिजङ्गा एफसी विजयी भएको छ ।

सिरिजङ्गा एफसी र देविगन्ज एफसीका बिच आज शनिबार भएको खेलमा देविगन्जलाई ० का विरुद्ध ३ गोल गर्दै सहजै पाखा लगाएको हो । यससँगै सिरिजङ्गाले खेल तालिकामा ३ अंक जोड्न सफल भएको छ भने देविगन्ज अंकविहिन रहेको छ ।

पहिलो हाफको ४० औं मिनेटमा सिरिजङ्गाका क्याप्टेन जहरमान लिम्बूले पेनाल्टी मार्फत गोल गर्दै खेलमा १-० को अग्रता दिलाएका थिए । सिरिजङ्गाका खेलाडी बिवेक आङ्देम्बेलाई डिबक्स एरियामा लडाएपछी सिरिजङ्गाले पेनाल्टीको अवसर पाएको थियो ।
त्यसैगरी खेलको दोश्रो हाफ सुरु भएको केही मिनेट नबित्दै ४२ औं मिनेटमा सिरिजङ्गाका विशाल सावाँले विवेक आङ्देम्बेले दिएको पासलाई सदुपयोग गर्दै दोश्रो गोल गरे ।

खेलको अतिरिक्त समय ८१ औं मिनेटमा सिरिजङ्गाका संयोग थापाले तेश्रो गोल गरे ।
सोसँगै देविगन्जका विरुद्ध सिरिजङ्गा एफसीले ३-० को सहज जित निकाल्न सफल भयो । खेल अवधीभर देविगन्जले केही राम्रा अवसरहरू पाएपनि अंक भने जोड्न सकेन ।
आजको खेलको म्यान अफ दि म्याच सिरिजङ्गाका रोनि तामाङ घोषित भए । उनले ट्रफी र मेडल सहित नगद ३ हजार प्राप्त गरे । भोलीको खेल न्यु स्टार एफसी र द रियल ब्रदर्शका बिच हुने आयोजक समितिको संयोजक संजिव गिरीले बताए ।
‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ सुरु भएको प्रतियोगिताको पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोग र इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले टाइटल स्पन्सर गरेको हो । उपाधि हात पार्ने क्लबलाई २ लाख ५१ हजार र दोस्रो हुनेलाई १ लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने लिग आयोजक समितिको संयोजक गिरीले जानकारी दिए । अनुशासित टिमलाई १५ र सर्वोत्कृष्ट खेलाडीलाई १२ हजार पाँच सय प्रदान गरिने पनि आयोजक समितिको सचिव मनि लिम्बूले बताए ।

लिगको समुह ‘ए’ मा वाइजिएफटि, शिखर फुटबल क्लब, टेन नवोदय र वाइएफसि रहेका छन् भने समुह ‘बि’ मा देविगञ्ज फुटबल क्लब, न्यू स्टार फुटबल क्लब, द रियल ब्रदर फुटबल क्लब र सिरिजङ्गा फुटबल क्लब रहेका छन् ।



तपाईको कमेन्ट लेख्नुहोस्