Techie IT
HK Tube Nepal

‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ : दोश्रो चरणको पहिलो खेल १-१ को बराबरीमा रोकियो


पथरी शनिश्चरे, फागुन २३ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज सोमबार भएको दोश्रो चरणको पहिलो खेल बराबरीमा सकिएको छ ।
टेन नवोदय र ‘बि एण्ड बि’ वाइजिएफटी बिच भएको खेल १-१ गोलको अन्तरमा सकिएको हो । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोश्रो हाफको ४७ औं मिनेटमा नवोदयका मीन धिमालले पहिलो गोल गर्दै खेलमा १-० को अग्रता दिलाए ।
खेलको ७५ औं मिनेटमा वाइजीएफटीका निमन लिम्बूले प्रहार गरेको कर्नर किकलाई सदुपयोग गर्दै  सन्जय लिम्बूले प्रहार गरेको उत्कृष्ट बल गोल पोष्टमा ठोक्किएर बाहिरिएको थियो ।
अन्तत, खेलको अतिरिक्त समयमा वाइजिएफटीका सन्जय लिम्बूले १ गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । सोसँगै खेलमा दुवै टिमले अंक बाँडेका छ्न । खेल तालिकामा टेन नवोदयले गत खेलको ३ र आजको खेलबाट १ सहित ४ अंक बनाएको छ भने वाइजिएफटिले १ अंक जोड्न सफल भएको छ ।

खेलको म्यान अफ दी म्याच बी. एण्ड.बी. वाईजीएफटीका सन्जय लिम्बु घोषित भए । कार्यक्रमको प्रमुख अतिथि मोरङ जिल्ला फुटबल सघका महासचिव प्रकाश मास्केले म्यान अफ द म्याचको ट्रफी र नगद हस्तान्तरण गरेका थिए ।

भोलिको खेल वाइएफसी र शिखर एफसी बिच हुने आयोजक कमिटीका सचिव मनि लुम्फुवा लिम्बुले जानकारी दिए ।



तपाईको कमेन्ट लेख्नुहोस्