Techie IT
HK Tube Nepal

‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ : दोश्रो चरणको दोश्रो खेलमा शिखर एफसीको जित


पथरी शनिश्चरे, फागुन २४ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज मंगलबारको खेल शिखर एफसीले जितेको छ ।

दोश्रो चरणको दोश्रो खेलमा शिखर एफसीले वाइएफसीलाई १-० गोल अन्तरले हराएको हो ।
पहिलो हाफको अतिरिक्त समयमा शिखरका दिलकुमार लिम्बुले आफ्नो टिमलाई १-० को अग्रता दिलाएका थिए । कर्नर किक मार्फत पाएको सुनौलो अवसरलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । खेल अवधीमा वाइएफसीले केही निकै राम्रा अवसरहरू पाएपनि जाली भने चुमाउन सकेन ।

लिम्बूले गरेको सोही १ गोलनै निर्णायक बन्दैँ शिखर एफसीले खेल तालिकामा ६ अंक जोड्न सफल भएको छ । वाइएफसी भने दुई खेलबाटै हार बेहोर्दै अंकविहिन बन्न पुगेको छ ।  खेलको म्यान अफ दि म्याच शिखरका दावा तामाङ बने । घोषितसँगै उनले नगद सहित कार्यक्रमको प्रमुख अतिथी नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाबाट ट्रफी र मेडल प्राप्त गरे । भोलीको खेल देविगन्ज एफसी र न्यु स्टार एफसीका बिच हुने आयोजक कमिटीका सचिव मनि लुम्फुवा लिम्बुले जानकारी दिए ।



तपाईको कमेन्ट लेख्नुहोस्