Techie IT
HK Tube Nepal

‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ : भारी गोल अन्तरले न्यु स्टारको सहज जित


पथरी शनिश्चरे, फागुन २५ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज बुधबारको खेल न्यु स्टार एफसीले जितेको छ ।
दोश्रो चरणको तेश्रो खेलमा देविगन्ज एफसीलाई ५-० को भारी गोल अन्तरले हराउँदै न्यु स्टार एफसीले सहज जित निकालेको हो । जितसँगै खेल तालिमामा न्यु स्टारले ३ अंक जोड्न सफल भएको छ । पहिलो चरणको खेलमा द रियल बदर्शसँग पराजित भएको न्यु स्टारले दोश्रो चरणको खेलमा भने सहज जित निकालेको हो । देविगन्ज दुवै खेलमा हार बेहोर्दै अंकविहिन बन्न पुगेको छ । पहिलो खेलमा देविगन्जले सिरिजङ्गासँग हार बेहोरेको थियो ।

पहिलो हाफको ४ र १० औं मिनेटमा न्यू स्टारका जुनियर सावाँले २ गोल गरेका थिए । न्यू स्टारकै अमर याक्खाले खेलको २४ औं मिनेटमा १ गोल थपेका थिए । त्यसैगरी जुनियर सावाँले खेलको ८० औं मिनेटमा पेनाल्टी मार्फत १ गोल र खेलको अतिरिक्त समयमा १ गोल थप्दै खेललाई ५–० बनाएका थिए । खेलमा जुनियर साँवाले एकल ४ र अमर याक्खाले १ गोल गर्दै न्यु स्टार एफसीलाई ५-० को सहज जित दिलाउन सफल बनाए ।

खेल अवधीमा देवीगन्ज एफसीले केही राम्रा अवसरहरू पाएपनि गोलले जाली भने चुमाउन सकेन । खेलको म्यान अफ द म्याच न्यु स्टारका जुनियर सावाँ घोषित भए । उनले नगद सहित ट्रफी र मेडल प्राप्त गरे ।



तपाईको कमेन्ट लेख्नुहोस्