Techie IT
HK Tube Nepal

‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’: दोश्रो चरणको अन्तिम खेलमा द रियल ब्रदर्शको सहज जित


पथरी शनिश्चरे, फागुन २६ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज बिहिवारको खेल द रियल ब्रदर्श एफसीले जितेको छ ।

पथरीको प्रस्तावित खेलमैदानमा जारी दोश्रो चरणको अन्तिम खेलमा सिरिजङ्गा एफसीलाई ४-१ गोल अन्तरले हराउँदै द रियल ब्रदर्शले सहज जित निकालेको छ ।

पहिलो हाफको ६ औं र १० औं मिनेटमा ब्रदर्शका सेनेहाङ लिम्बूले एकल २ गर्दै खेलमा आफ्नो टिमलाई २-० अग्रता दिलाएका थिए । त्यस्तै, खेलको दोश्रो हाफको ५५ औं मिनेटमा ब्रदर्शका टिम क्याप्टेन तिर्थराज बस्नेतले तेश्रो गोल गरे । उनले बिष्णु पाण्डेको पासमा आकर्षक गोल गरेका थिए । त्यसपछि खेलको ७४ औं मिनेटमा ब्रदर्शका अंकित लिम्बूले चौंथो गोल गर्दै खेललाई ४-० मा पुर्‍याएका थिए ।

८० औं मिनेटमा खेलमा फर्कने प्रयास सहित सिरिजङ्गाका पवन राईले पहिलो गोल गरे तर सो गोल खेलमा फर्कनको लागि निर्णायक बन्न सकेन । सोसँगै द रियल ब्रदर्शले ४-१ को सहज जित निकाल्दै खेल तालिकामा ६ अंक जोड्न सफल भएको छ ।

पहिलो चरणमा न्यु स्टारलाई हराउँदै ३ र आजको खेलबाट ३ सहित ६ अंक जोडेको हो । सिरिजङ्गाको खेल तालिकामा ३ अंक रहेको छ । पहिलो चरणको खेलमा देविगन्जलाई पराजित गरेर ३ अंक जोडन सफल भएको थियो भने आजको खेलमा हार बेहोरेर कुनै अंक जोड्न सकेन । आजको खेलको म्यान अफ दि म्याच विजयी टिमको तर्फबाट सेनेहाङ लिम्बू घोषित भए  । भोलीबाट तेश्रो चरणका खेलहरू हुँदैछ । पहिलो खेल टेन नवोदय एफसी र शिखर एफसीका बिच हुने आयोजक समितिको उपाध्यक्ष बिक्की राईले बताए । खेल तालिकामा टेन नवोदयको ४ अंक रहेको छ भने शिखरको ६ अंक रहेको छ । टेन नवोदयले वाइएफसिसँग खेलमा विजय प्राप्त गरेको थियो भने वाइजिएफटिसँग बराबरी खेलको हो । यता शिखरले वाइजिएफटि र वाइएफसिका विरुद्ध जित हात पारिसकेको छ ।



तपाईको कमेन्ट लेख्नुहोस्