Techie IT
HK Tube Nepal

‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ : ७ अंक जोड्दै समुह ‘ए’ को अग्रस्थानमा टेन नवोदय


पथरी शनिश्चरे, फागुन २७ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज शुक्रबारको खेल टेन नवोदयले जितेको छ ।

तेश्रो चरणको पहिलो खेलमा शिखर एफसीलाई १-० को गोल अन्तरले हराउँदै टेन नवोदयले जित निकालेको हो । जितसँगै टेन नवोदय समूह ‘ए’ को अग्रस्थानमा उक्लेको छ । नवोदयले खेल तालिकामा ७ अंक जोडेको छ । पहिलो चरणको खेलमा वाइएफसीलाई पराजित गर्दै ३ र दोश्रो चरणको खेलमा वाइजिएफटीसँग बराबरी खेली १ अंक बाड्ँदै नवोदयले ४ अंक जोडेको थियो । त्यस्तै, आजको तेश्रो चरणको खेलमा शिखर एफसीलाई हराउँदै ३ अंक सहित जम्मा ७ अंक जोडेर नवोदय समुहको अग्रस्थानमा उक्लेको हो ।

यसैगरी, शिखर एफसी खेल तालिकामा ६ अंक जोड्दै समुहको दोश्रो स्थानमा रहेको छ । शिखरले पहिलो र दोश्रो चरणको खेलमा क्रमश वाइजिएफटी र वाइएफसीलाई हराउँदै खेल तालिकामा ६ अंक जोड्न सफल भएको हो भने आजको खेलमा हार बेहोर्दै कुनै अंक जोड्न सकेन।
आज शुक्रबारको खेलमा टेन नवोदयका लागि ६९ औं मिनेटमा पेनाल्टी मार्फत मीन धिमालले पहिलो गोल गरे । नवोदयका सबिन लिम्बूलाई विपक्षीका खेलाडीले डिबक्स एरिया भित्र लडाएपछी पाएको पेनाल्टिलाई सदुपयोग गर्दै धिमालले गोल गरेका थिए । शिखर एफसीले खेलमा पाएको केही राम्रा अवसरहरू गुमाउन पुगेको थियो । धिमालले गरेको सो १ गोलनै निर्णायक बन्दैँ नवोदयले जित निकालेको हो ।

आज खेलमा विजेता टिममा मीन धिमाल म्यान अफ दि म्याच घोषित भए । उनले ट्रफी र मेडल सहित नगद ३ हजार प्राप्त गरे । भोलीको खेल वाइजिएफटी र वाइएफसीका बिचमा हुने आयोजक समितिको उपाध्यक्ष बिक्की राईले बताए ।



तपाईको कमेन्ट लेख्नुहोस्