Techie IT
HK Tube Nepal

कानेपोखरी अस्पतालमा ५ शैयाको २४ सैं घण्टे आधारभूत सेवा सुरु


कानेपोखरी, फागुन २८ । मोरङको कानेपोखरी गाउँपालिका –४, स्थित बयरवन बजारमा रहेको कानेपोखरी अस्पतालमा ५ शैयाको २४ सैं घण्टा आधारभूत अस्पताल सेवा सुरु भएको छ ।
कानेपोखरी गाउँपालिकाको स्थापना दिवसको अवसरमा २४ शै घण्टा सेवाको शुक्रबार गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले उद्घाटन गरेका थिए ।

अस्पतालमा कोठा पर्याप्त नभएपनि कोठा, शौचालय, स्वास्थ्य बिमा सेवा, कार्यालय लगाएतलाई व्यवस्थित बनाएर तत्काल सेवा सुरु गरिएको हो ।
स्वास्थ्यलाई कानेपोखरी गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउँदै १५ शैयाको अस्पतालको भवन निर्माणधिन रहेकोले यहाँको जनताको सुविधा लागि तत्काल इमरजेन्सी सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । यसअघि सर्पदशं सेवा यही स्थानमा रकम र जनशक्ति नभएर सेवा बन्द भएको र अब यो १५ शैयाको हस्पिटल सुरु भएपछि पुनः सुरु गरिने पनि उनले बताए ।

गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले जनप्रतिनिधि भएर आएको ५ बर्ष भित्र स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको बताइन । ५ शैयाको २४ सै घण्टा सेवा सुरु देखी लिएर १५ शैयाको अस्पताल निर्माणाधिन रहेको छ । त्यसैगरी गाउँपालिका क्षेत्र भित्रका गरिब जनताको लागि स्वास्थ्य विमा कार्यक्रम, दीर्घरोगीहरुको लागि उपचार रकम लगायतको कार्यक्रमले जनताले स्वास्थ्य क्षेत्र सम्झन योग्य काम गाउँपालिका गरेको उनले बताइन।

अस्पतालमा दैनिक विरामी जाँच, ल्याब जाँच, स्वास्थ्य विमा कार्यक्रम, गर्भवती जाँच तथा सुत्केरी सेवा, आकस्मिक सेवा साथै अन्य परामर्श सेवा सुचारु भएको छ । आधारभूत अस्पतालमा मेडिकल अफिसर राम शंकर यादवको नेतृत्वमा १८ जना कर्मचारीहरु रहेका छन् । त्यसैगरी अस्पतालमा युएसजि(भिडियो एक्स रे)सेवा प्रत्येक बुधबार चेकजाँच भईरहेको छ र इसिजि सेवा(मुटु जाँच), एक्स रे (हाड्जोर्नी छाती) सेवाहरु दैनिक सुरुहुन लागेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रोहिन्द्रराज भण्डारीले बताए ।
जग्गा दाता स्वः सनकसिंह भट्टराई १० कट्ठा जग्गा, स्वः चन्द्रबहादुर भट्टराई भवन निर्माण दाता, भवन निर्माण लेप्टीनेन्ट स्वः बलबहादुर निरौला र पूर्व स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ४ जना (स्वः चन्द्र बहादुर भट्टराई , गाउँपालिका अधयक्ष तारा बहादुर काफ्ले, स्वः काशीनाथ दाहाल र स्व : भिम प्रसाद अधिकारी) र समितिका पूर्व उपाध्यक्ष वडा नम्बर २ का वडाध्यक्ष सुशिल बुढाथोकी, पूर्व स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्यहरु विरबहादुर भट्टराई, रेवतबहादुर भट्टराई लगायत २९ जना लाई सम्मान गरिएको थियो । सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

त्यसैगरी प्रतिक्षालय निर्माण गरिदिने लायन्स क्लब अफ कानेपोखरीका अध्यक्ष यामप्रसाद पौड्याल, चौतारा निर्माणकर्ता टंक लिम्बुलाई पनि सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । उनिहरुलाई गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले सम्मान गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेबाट दानबहादुर बस्नेत, नेपाली कांग्रेसबाट विवेक लिम्बु, नेकपा माओवादीबाट सूर्य धिमाल र नेकपा एसबाट भूमि प्रसाद दुलालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडाध्यक्षहरु, वडासदस्यहरु, राजनितिज्ञ भोल अधिकारी, सन्तोष फुयल लगायत उपस्थित रहेका थिए ।



तपाईको कमेन्ट लेख्नुहोस्