Techie IT
HK Tube Nepal

कानेपोखरी आइटिएफ उत्कृष्ट हुँदै विभिन्न विधाका ८ पदक हात पार्‍यो


सनम रोक्का
कानेपोखरी, चैत्र १ । मोरङको बेलबारी नगरपालिका स्थित डाँगीहाटमा फागुन २७ र २८ मा सम्पन्न भएको तेश्रो प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा कानेपोखरी आइटिएफ तोक्वाण्डो डोजाङ्ग उत्कृष्ट बन्दैँ ८ पदक जित्न सफल भएको छ ।

डाँगीहाट आइटिएफ तोक्वाण्डो संघ बेलबारी, मोरङले आयोजना गरेको प्रतियोगितामा एकल एकल स्पायरिङको महिला तर्फ (२०-२५), (३०-३५) र (४५-५०) तौल समुहबाट क्रमशः ममता आचार्यले स्वर्ण (प्रथम), विनिशा धिमालले रजत(दोश्रो) र इन्दिरा थापाले पनि रजत (दोश्रो) पदक हात पारिन । त्यस्तै, एकल स्पायरिङको पुरुष तर्फ (२०-२५), (३०-३५) र (४०-४५) तौल समूह अन्तर्गत क्रमशः प्रज्जवल सेन्चुरीले रजत(दोश्रो) पदक, देविन राईले पनि रजत पदक प्राप्त गर्दा आशिष भुजेलले कास्य (तेश्रो) पदक जिते ।

त्यसैगरि, एकल प्याटनतर्फ ग्रीन बेल्टका आर्यन राईले स्वर्ण पदक हात पारे भने एकल प्याटनतर्फकै ग्रीन बेल्टकि विनिशा धिमालले रजत पदक जितिन।
कानेपोखरी आइटिएफबाट प्रतियोगितामा सहभागी ९ मध्येबाट ८ जनाले पदक प्राप्त गरेका थिए । यो कानेपोखरी डोजाङ्गको लागि एक उत्कृष्ट सफलता भएको आइटिएफ कानेपोखरीका अध्यक्ष युवराज भुजेलले बताए ।

सो प्रतियोगितामा सुनसरी आइटिएफले प्रथम, झापा आइटिएफले दोश्रो र आयोजक मोरङ आइटिएफले तेश्रो स्थान हासिल गरेको थियो ।

विजेता ८ जना खेलाडीहरूलाई सोमबार स्थानीय सरकार, डोजाङ्ग कानेपोखरीका अभिभावक, समाजसेवि लगायतले बधाई तथा शुभकामना प्रदान गरेका थिए । सो अवसरमा कानेपोखरी २ का अध्यक्ष सुशील बुढाथोकीले अनुशासन, धौयता, सहनशिलता र निरन्तरता जीवन जिउनका लागि एक सुत्र भएकाले यस सुत्रलाई जिवनमा अपनाउन तेक्वाण्डोले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको सुनाए। उनले यस खेलले जिवनमा आउँने सबै प्रकारका चुनौती खेप्न सक्ने क्षमता दिलाओस भन्दैँ शुभकामना व्यक्त गरे । कार्यक्रममा उपस्थित वडा अध्यक्षहरू खड्ग बस्नेत, सुशील बुढाथोकी, समाजसेवी एविन पाठक, डोजाङ्ग संघ मोरङका सदस्य हरी न्यौपाने लगायतले विजयी खेलाडीहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।



तपाईको कमेन्ट लेख्नुहोस्