Techie IT
HK Tube Nepal

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो


काठमाडौं, चैत्र ०१ । सरकारले आसन्न स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ । नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । मंगलबार साँझ प्रहरी प्रधान कार्यालयल‍े भर्ना खुलाएको हो । चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने छ । म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधा बराबर ४० दिनको तलब पाउनेछन् ।

कार्यालय खुला भएको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीका लागि आवेदन दिन सकिने छ ।
१८ वर्ष पुरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा आवेदन दिन सक्नेछन् । चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा गत साउन १ गतेदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तिर्णले पनि भर्ना हुन प्राथमिकता पाउनेछन् । उनीहरुले प्रवेश पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । तीनवटै सुरक्षा निकायका अवकाशप्राप्त कर्मचारी, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरेर अवकाश पाएकाहरुले म्यादी भर्नामा प्राथमिकता पाउने छन् ।



तपाईको कमेन्ट लेख्नुहोस्