Techie IT
HK Tube Nepal

गायिका रचना रिमाल मिक्लाजुङ आउँने


मिक्लाजुङ, फागुन ०२ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ५ मा चर्चित गायिका रचना रिमाल आउँने भएकी छिन ।
“लागुऔषध विरुद्ध युवाहरुको अभियान” भन्ने मूल नाराका साथ मिक्लाजुङ साँगितिक कार्यक्रम २०७८ मा आफ्नो बेजोड प्रस्तुति लिएर रिमाल आउने भएकी हुन ।

रिमालसँगै अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरू गायक नन्दु गुरुङ्ग, डान्सर रिया लामा, भुपु ब्यान्ड जाँते, स्थानीय गायक मिलन देवान र मिलन ढकालको पनि बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ ।

युवा वर्गलाई लक्षित गर्दै चरम दुर्व्यसनीमा उन्मुख रहेका युवालाई सचेत गराउने उद्देश्यका साथ मिक्लाजुङ युवा समुह ४, ५ र ६ को आयोजनामा कार्यक्रम हुन लागेको आयोजक समितीका अध्यक्ष लङसिङ श्रेष्ठले बताए । कार्यक्रम यहि चैत्र ३० गते बुधबार मिक्लाजुङ ५ सिंहदेवी आधारभूत विद्यालयको प्राङ्गणमा गरिने भएको छ ।



तपाईको कमेन्ट लेख्नुहोस्