Techie IT
HK Tube Nepal

कानेपोखरीमा अन्तर वडा स्तरीय प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिता : १६ गतेबाट सुरु


कानेपोखरी, चैत्र १२ । मोरङ कानेपोखरी गाउँपालिकामा अन्तर वडा स्तरीय प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिता २०७८ हुने भएको छ ।
कानेपोखरी खेलकुद परिषदको आयोजना र कानेपोखरी गाउँपालिकाले मुख्य सहयोग गरेको प्रतियोगिता चैत्र १६ गते बुधबार देखी १९ गते शनिबारसम्म सञ्चालन हुने आयोजक समितिले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

गाउँपालिका भित्रका ७ वटा वडाहरूले सहभागीता जनाउने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कानेपोखरी खेलकुद परिषदका अध्यक्ष चरण गुरुङले बताए । खेल अवधीभरिबाट अन्तिममा विधागत पुरस्कार तर्फको बेस्ट स्पाइकर, बेस्ट डिफेन्स, बेस्ट ब्लकर, बेस्ट लिफ्टर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने गुरुङले जानकारी दिए ।

खेललाई सञ्चालन गर्न पालिकाको तर्फबाट विभिन्न खर्चको शिर्षकलाई विभाजन गरि ३ लाख १९ हजार ९ सय ४० रुपैयाँ छुट्याइएको आयोजक समितिका सचिव एविन पाठकले बताए ।
आफ्नो कुरा राख्ने क्रममा पालिका उपाध्यक्ष राजमती इङ्नामले, कानेपोखरी भलिबल खेलका लागि अत्यन्तै संभावना बोकेको पालिका भएको बताइन् । यस ठाउँबाट भलिबल खेलाडीहरु धर्म धिमाल, कुमार विष्ट, संकर धिमाल, जितेन्द्र धिमाल, उद्धव पौडेल लगायतकाले राष्ट्रिय टिमबाट परिचय दिइसकेको सुनाइन । फेरि पनि त्यो पुरानो परिचयलाई पुनः ताजगी गर्नका लागि पालिका भरी छरिएर रहेका खेलाडिलाई एक जमर्को गरि यस भलिबल प्रतियोगिता आयोजना गर्न लगेको’- उनी बताउँछिन ।

प्रतियोगिताको उद्घघाटन र समापन उपाध्यक्ष राजमती इङ्नामद्वारा गरिने पनि आयोजक समितिले बताएको छ । खेल कानेपोखरी ६ रमाइलो स्थित जनसेवाको माविको खेल मैदानमा दिनको करिब २ बजेबाट सुरु हुनेछ ।
सो पत्रकार भेटघाट कार्यक्रममा खेलकुद परिषदका पदाधिकारीहरु, प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, गोविन्द फुयल, वडाअध्यक्षहरु सुशील बुढाथोकी, मोहनप्रसाद अधिकारी, खडग बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

भेटघाटको अन्त्यमा अनौपचारिक कुरा गर्दै खेलकुद परिषदका अध्यक्ष चरण गुरुङले यो वर्ष प्रतियोगिता सञ्चानल नगरी कानेपोखरीमा रहेका फुटबल र भलिबल खेलाडिहरुलाई पालिकाकै दक्ष प्रशिक्षकद्वारा प्रशिक्षित गराउने लक्ष्य राखेर योजनाहरु अघि सारेको थियौं तर प्रशिक्षकहरुको विभिन्न प्राविधिक समस्याको कारणले अहिलेलाई त्यस योजनालाई थाती राखेका हौं । अब, भावी योजनामा विशेषगरि खेलाडीहरुलाई प्रशिक्षित गरि दक्षता प्रदान गर्ने लक्ष्य राखेको सुनाए ।



तपाईको कमेन्ट लेख्नुहोस्