Techie IT
HK Tube Nepal

अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कप फुटबल : बेलवारी नपाको सुरुवाती अग्रता


कानेपोखरी, चैत्र १३ । मोरङको कानेपोखरी गाउँपालिकामा अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कप फुटबल सुरु भएको छ ।

आज आइतबारदेखि कानेपोखरी ५ को जहदा रंगशालामा सुरु भएको प्रतियोगिताको उद्धघाट्न खेल बेलवारी नगरपालिकाले जितेको छ । मिक्लाजुङ गाउँपालिकालाई ट्राईब्रेकरमा ६ का विरुद्ध ७ गोल अन्तरले हराउँदै बेलवारीले जित निकालेको हो ।
खेलको ११ औं मिनेटमा मिक्लाजुङका लागि टिम क्याप्टेन टेकबहादुर लिम्बूले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसैगरी, खेलको ७२ औं मिनेटमा बेलवारीले खेललाई बराबरीमा ल्यायो । बेलबारीले पाएको पेनाल्टीको अवसरलाई भक्त भण्डारीले सदुपयोग गर्दै खेल बराबरीमा ल्याए ।
मिक्लाजुङका बिमल तामाङ्ले डिबक्स भित्र ह्यान्ड गरेपछी बेलवारीले पेनाल्टीको अवसर पाएको थियो । क्रस प्रहार रोक्ने क्रममा बल तामाङको हातमा लागेको थियो । सोसँगै तामाङले खेलमा रेड कार्ड प्राप्त गर्दै मैदान बाहिरिए । बाँकी समयमा दुवै तर्फबाट निकै राम्रा प्रयासहरू भएपनि गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सकियो ।

र, खेलको निर्णय ट्राइब्रेकर मार्फत लिइएको थियो । ट्राइब्रेकरमा मिक्लाजुङलाई ६ का विरुद्ध ७ गोल गर्दै बेलबारीले उद्घघाटन खेलमा जित निकालेर अघिल्लो यात्रा तय गरेको छ भने मिक्लाजुङ खेल तालिकाबाट बाहिरिएको छ ।

आजको खेलको म्यान अफ दि म्याच विजेता टिमका सन्तोष दनुवार घोषित भए । उनले १५ सय रुपैयाँ नगद सहित ट्रफी र मेडल प्राप्त गरे । भोलिको खेल लेटाङ नगरपालिका र पथरी शनिश्चरे नगरपालिका बिच हुने आयोजक समितिका अध्यक्ष चरण गुरुङले बताए । उद्घघाटन खेल कानेपोखरी गापाका अध्यक्ष ताराबहादुर काफ्लेले गरेका थिए । सो उद्घघाटनको औपचारिक कार्यक्रममा पालिका उपाध्यक्ष राजमति इङ्नाम, वडाअध्यक्षहरू खडग बस्नेत, मोहनप्रसाद अधिकारी, काङ्ग्रेस पार्टी प्रतिनिधि योगेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सुनसरी, मोरङका गरि ८ टिमले सहभागीता जनाएका छ्न । टिमहरुमा कानेपोखरी गाउँपालिका, पथरी शनिश्चरे नगरपालिका, बेलवारी नगरपालिका, केरावारी गाउँपालिका, लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिका, मिक्लाजुङ गाउँपालिका र इटहरी उपमहानगरपालिका रहेका छ्न । हरेक दिनको खेल दिनको ठिक ३ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको आयोजना कानेपोखरी खेलकुद परिषदले गरेको हो भने मुख्य सहयोगी  कानेपोखरी गाउँपालिकाको रहेको छ । प्रतियोगितामा व्यवस्थापकिय सहयोग नव प्रगतिशील समाजसेवा क्लब, जहदा भेट्रानले गरेको हो ।



तपाईको कमेन्ट लेख्नुहोस्