Techie IT
HK Tube Nepal

प्रथम अध्यक्ष फुटबल कप : ट्राइब्रेकरमा केराबारीलाई हराउँदै कानेपोखरी सेमिफाइनलमा


कानेपोखरी, चैत्र १५ । मोरङको कानेपोखरी गाउँपालिका ५ जहदा स्थित ‘जहदा रंगशाला’मा जारी अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष फुटबल कपको तेश्रो खेल मंगलबार कानेपोखरी गाउँपालिकाले जितेको छ ।

नकआउट तरिकाले सञ्चालन भइरहेको प्रतियोगितामा केराबारी गाउँपालिकालाई ट्राइब्रेकरमा ५ का विरुद्ध ६ गोल गर्दै कानेपोखरी गाउँपालिकाले सेमिफाइनलको यात्रा निश्चित गरेको हो ।

पहिलो हाफको अतिरिक्त समयमा केराबारीका लागि नेतेश लिम्बूले पहिलो गोल गर्दै खेलमा १-० को अग्रता दिलाए । त्यसैगरी, खेलको ४३ औं मिनेटमा कानेपोखरी गाउँपालिकाले खेललाई बराबरीमा ल्यायो । कानेपोखरीका लागि अभिषेक बस्नेतले गोल गरेका थिए । निर्धारित समयमा दुवैतर्फबाट अन्य गोल नहुँदा खेलको निर्णय ट्राइब्रेकरमार्फत लिइएको थियो ।
आजको खेलको म्यान अफ दि म्याच केराबारीका प्रवेश बस्नेत घोषित भए । उनले १५ सय रुपैयाँ नगद सहित ट्रफी र मेडल प्राप्त गरे ।

भोली क्वाटरफाइनलको अन्तिम खेल इटहरी उपमहानगरपालिका र उर्लाबारी नगरपालिकाका बिच हुने आयोजक समितिका अध्यक्ष चरण गुरुङले बताए ।

प्रतियोगिताको आयोजना कानेपोखरी खेलकुद परिषदले गरेको हो भने मुख्य सहयोगी कानेपोखरी गाउँपालिकाको रहेको छ । प्रतियोगितामा व्यवस्थापकिय सहयोग नव प्रगतिशील समाजसेवा क्लब, जहदा भेट्रानले गरेको हो ।

खेलको विजेता टिमले नगद १ लाख र उपविजेताले ६० हजार ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । प्रत्ये खेलमा म्यान अफ द म्याच नगद १५ सय, ट्रफी र मेडल पाउने छन् । त्यसैगरी खेलको अन्तिम दिन विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १ जनालाई नगद ५ हजार, हाइस्कोरर, बेस्ट डिफेन्डर, बेस्ट स्ट्राइकर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही ३ हजार सहित ट्रफी र मेडल प्रदान गरिने समितिका सचिव एविन पाठकले बताए ।



तपाईको कमेन्ट लेख्नुहोस्