Techie IT
HK Tube Nepal

केचनामा अन्तर पालिका स्तरीय फुटबल सुरु, द रियल ब्रदर्शको सुरुवाती अग्रता


केचना, चैत्र १९ । मोरङको सुनवर्शी  नगरपालिका–१, स्थित केचनामा अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिता शनिवारबाट सुुरु भएको छ ।

उद्घाटन खेलमा झरना फुटबल क्लब सुन्दरहरैँचालाई १-० गोल अन्तरले हराउँदै द रियल ब्रदर्श एफसी पथरी शनिश्चरेले जित निकालेको हो ।

खेलको १७ औं मिनेटमा ब्रदर्शका लागि आकाश राईले पहिलो गोल गरे । उनले गरेको सो गोलनै खेलका लागि निर्णायक बन्दैँ ब्रर्दशले पहिलो दिनको खेल जित्यो ।  खेलको म्यान आफ दि म्यान विजयी टिमका आकाश राई घोषित भए । राईले नगद २५ सय, ट्रफी र मेडल प्राप्त गरे ।

केचना फुटबल क्लबद्धारा आयोजित प्रतियोगिता भोली चैत ३० गते सम्म चल्ने छ । प्रतियोगितामा विजेता टिमले १ लाख ५१ हजार, उपविजेताले १ लाख १० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितको प्रत्येक दिन म्यान अफ दि म्याचको पुरस्कार स्वरुप २५ सय, ट्रफी र मेडल प्रदान गरिने आयोजक हेमेश्वर राईले बताए ।

त्यसैगरी खेलको अन्तिम दिन विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलकिपरलाई ७ हजार, हाई स्कोलरलाई ७ हजार सहित ट्रफी, मेडल प्रदान गरिने र उत्कृष्ट चोकलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

भोलीको खेल केराबारी फुटबल क्लब र हिमाल युनाइटेड क्लबका विच खेल हुनेछ । खेलमा सुन्दर हरैचा नगरपालिका, द रियल ब्रदर्श, आयोजक केचना फुटबल क्लब, कानेपोखरी फुटबल क्बल, उर्लाबारी फुटबल क्लब, डाँगीहाट फुटबल क्लब, केराबारी फुटबल क्लब, हिमाल युनाइटेड, टेन नवोदय, ईष्ट स्टार मधुमल्ला, आयोजक केचना फुटबल क्बल र गोर्खाली युनाइटेड रतुवामाई गरी जम्मा १२ वटा टिमले सहभागी जनाएका छन् ।

केचनाको मंगल सिंह माविको प्राङ्गणमा सुरु भएको प्रतियोगितालाई क्षेत्र नं. २ का प्रदेश सांसद लिलाबल्लभ अधिकारीले उद्घाटन गरेका थिए ।



तपाईको कमेन्ट लेख्नुहोस्