Techie IT
HK Tube Nepal

‘मनिला बस्ती’ उद्घाटन


कानेपोखरी, चैत्र २२ । मोरङ कानेपोखरी ४ स्थित गुरुङ चोक दक्षिणमा निर्माण भएको ‘मनिला बस्ती’को उद्घाटन गरिएको छ । कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, जग्गादाता बैजन्तीमाला गुरुङ, वडा अध्यक्ष खड्ग बस्नेत लगायतले संयुक्त रुपमा आइतबार उद्घाटन गरेका हुन ।
उद्घाटनसँगै निर्माण भएका ७ वटा घरहरु पनि ७ घरपरिवारलाई कागजी प्रमाण सहित हस्तान्तरण गरिएको छ ।
सोही स्थानमा लामो समयदेखि बसोबास गर्दै आएका एक समाजसेवी दम्पती बैजन्तीमाला र रुद्रबहादुर गुरुङले ७ परिवारका लागि २ कठ्ठा १ धुर जग्गा केही समय अगाडि उपलब्ध गराएका थिए । सोसँगै पालिकाको जनता आवास कार्यक्रम अन्तर्गत रहेर सोही क्षेत्रमा बसोबास गर्दै आएका घरजग्गा विहिन विपन्न उनीहरुलाई पालिकाले सामान्य खालको घर निर्माण गरिदिएको उपाध्यक्ष राजमती इङ्नामले बताइन । उनले यस बस्तीमा ७ र गुरुङ चोकमै अन्य दुई घरहरु निर्माण भइसकेको र अरु वडाहरुमा पनि ७ वटा घरहरु जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको सुनाइन ।

घर प्राप्त गर्नेमा स्थानीय सूर्यप्रकाश गुरुङ, उषामुसाहाङ लिम्बू, स्वस्तिका राई, चन्द्रबहादुर जिमी, अमृत चेम्जोङ, सुनिल विश्वकर्मा र बिमला विश्वकर्मा रहेका छ्न । सो उद्घाटन कार्यक्रममा आफ्नो कुरा राख्दैँ पालिका अध्यक्ष ताराबहादुर काफ्लेले बैजन्तीमाला गुरुङ एक लडाकु महिला भएको बताए । उनले गुरुङ लामो समयदेखी सामाजिक, राजनैतिक लगायतका कार्यमा निकै सक्रिय रहदैँ समाजलाई सहि मार्गतर्फ डोहोर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

त्यस्तै, बैजन्तीमाला गुरुङले आजबाट मेरो परिवार थपिएको छ भन्दै, खुसी व्यक्त गरिन । ‘हिजोसम्म मेरो एउटा परिवार थियो, आजबाट हामी ७ परिवार भएका छौं । मलाई सानैबाट समाजसेवामा रुचि भएकाले यसरी सामान्य भएपनी सहयोग गर्न पाउँदा मनलाई आनन्द मिल्छ, ‘उनी बताउँछिन । उनले भनिन,’मेरो छोरी मनिला गुरुङको अल्पआयुमानै मृत्यु भयो । उनकै सम्झनामा पनि यो बस्तीको नाम ‘मनिला’ राखिएको हो ।



तपाईको कमेन्ट लेख्नुहोस्