Techie IT
HK Tube Nepal

वडा नं. ५ ले उचाल्यो प्रथप उपाध्यक्ष कप भलिबलको उपाधी


कानेपोखरी, चैत्र २३ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न भएको वडा स्तरीय प्रथम उपाध्यक्ष कप भलिबलको उपाधि वडा नं. ५ ले जितेको छ ।

कानेपोखरी खेलकुद परिषद समितिको आयोजनामा मंगलबार भएको फाइनलमा वडा नं. ३ लाई पराजित गर्दै वडा नं. ५ ले उपाधि जित्न सफल भएको हो । विजेताले नगद ५० हजार र उपविजेताले ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नाम, ६ का वडाध्यक्ष खड्ग बस्नेत, कानेपोखरी खेलकुद परिषद समितिका अध्यक्ष चरण गुरुङ सहितले प्रदान गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी कुमार फुयल, अशोक फुयल, रमेश फुयल लगायत उपस्थित रहेको थियो ।

खेलमा बेष्ट कोचमा वडा नं. ५ का पदम धिमाल, बेष्ट स्पाइकरमा वडा नं. ५ का रुद्र चौहान, डिफेन्स वडा नंं ५ का शिवराज धिमाल, ब्लकर, बेष्ट लिफ्टरमा वडा नं. ५ का धर्मराज धिमाल, र वडा नंं. ३ का शिवराज सापकोटा प्लेयर अफ द सेरिज घोषित भएका थिए । उनिहरुलाई जनही ३ हजार र ट्रफी र मेडल प्रदान गरिएको थियो ।

खेलमा गाउँपालिकाको ६ वटा वडाले मात्र सहभागीता जनाएको थियो । वडा नं. १ ले सहभागिता जनाएनन् । खेलमा समूह बी मा परेका वडा नं. १ सहभागिता नहुँदा वडा नं. ५ लाई सिधै  फाइनल खेल मात्र खेलेका थिए । टाईसिटमा वडा नं. ५ वाईमा परेको थियो । उता समूह ए मा परेका वडा नं. ३ ले वडा नं. ६ र ४ लाई पराजित गर्दै फाइनलमा पुगको थियो ।

खेलको उद्घाटन र समापन गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले गरेकी थिइन । कुलतमा लागेका युवाहरुलाई खेलको माध्यमबाट सही मार्गदर्शन गराई उनीहरुको भविश्य उज्वल बनाउन प्रयन्न गर्ने र फुटबल खेलको माध्यमबाट यस कानेपोखरी गाउँपालिकालाई जिल्ला, प्रदेश हुर्दै राष्ट्र मै चिनाउनका लागि प्रयत्न गर्ने लगाएको उद्देश्य सहित खेलको आयोजना गरेको थियो ।



तपाईको कमेन्ट लेख्नुहोस्