Techie IT
HK Tube Nepal

सुनवर्षी अन्तरपालिका फुटबल प्रतियोगिता : द रियल ब्रदर्श सेमिफाइनलमा


सुनवर्षी, चैत्र २५ । मोरङको सुनवर्षी नगरपालिका-०१ केचनामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगितामा द रियल ब्रदर्श सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको क्वाटरफाइनलको पहिलो खेलमा कानेपोखरी एफसीलाई टाइब्रेकरमा ३-१ गोल अन्तरले हराउँदै रियल ब्रदर्शले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमले निकै राम्रा अवसरहरु पाएपनि गोल भने गर्न सकेनन् । सोपश्चात खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । खेलको म्यान अफ दि म्याच विजेता टिमका गोलकिपर दिपहाङ लिम्बू घोषित भए । उनले नगद २५ सय रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरे ।

भोली क्वाटरफाइनल दोश्रो खेल केराबारी एफसी र टेन नवोदय पथरी शनिश्चरेका बिचमा हुनेछ ।केचना फुटबल क्लबद्धारा आयोजित प्रतियोगिता चैत ३० गते सम्म चल्ने छ । प्रतियोगितामा विजेता टिमले १ लाख ५१ हजार, उपविजेताले १ लाख १० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितको प्रत्येक दिन म्यान अफ दि म्याचको पुरस्कार स्वरुप २५ सय, ट्रफी र मेडल प्रदान गरिने आयोजक हेमेश्वर राईले बताए ।

विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलकिपरलाई ७ हजार, हाई स्कोलरलाई ७ हजार सहित ट्रफी, मेडल प्रदान गरिने र उत्कृष्ट कोचलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।



तपाईको कमेन्ट लेख्नुहोस्