Techie IT
HK Tube Nepal

केराबारीलाई हराउँदै टेन नवोदय सेमिफाइनलमा


सुनवर्षी, चैत्र २६ । मोरङको सुनवर्षी नगरपालिका-०१ केचनामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगितामा टेन नवोदय सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वाटरफाइनलको दोश्रो खेलमा केराबारी एफसीलाई १-० गोल अन्तरले हराउँदै टेन नवोदयले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो । खेलको १८ औं मिनेटमा नवोदयका सौर्य राउतले आफ्नो टिमका लागि पहिलो गोल गरे । खेल अवधिमा दुवै टिमले निकै राम्रा अवसरहरु पाएपनि गोलले जाली चुमाउन भने सकेनन । अन्ततः राउतले गरेको १ गोलनै निर्णायक बन्दैँ नवोदयले जित निकाल्यो । खेलको म्यान अफ दि म्याच विजेता टिमका सौर्य राउत घोषित भए । उनले नगद २५ सय रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरे ।

भोलीबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछन । पहिलो खेल द रियल ब्रदर्श र डाँगीहाट फुटबल क्लबका बिच हुने आयोजक कमिटीका अध्यक्ष जगराज लिम्बूले बताए । प्रतियोगितामा विजेता टिमले १ लाख ५१ हजार, उपविजेताले १ लाख १ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितको प्रत्येक दिन म्यान अफ दि म्याचको पुरस्कार स्वरुप २५ सय, ट्रफी र मेडल प्रदान गरिने आयोजक हेमेश्वर राईले बताए ।

विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलकिपरलाई ७ हजार, हाई स्कोलरलाई ७ हजार सहित ट्रफी, मेडल प्रदान गरिने र उत्कृष्ट कोचलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।      फोटो:- पिएल टिभी एचडी                             



तपाईको कमेन्ट लेख्नुहोस्