Techie IT
HK Tube Nepal

टेन नवोदय फाइनलमा प्रवेश


सुनवर्षी, चैत्र २८ । मोरङको सुनवर्षी -०१ केचनामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा टेन नवोदय एफसी प्रवेश गरेको छ ।
आज गोर्खाली युनाइटेड रतुवामाइलाई २-० गोल अन्तरले हराउँदै नवोदयले फाइनलको यात्रा तय गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । पहिलो हाफमा दुवै टिमले केही राम्रा अवसरहरु प्राप्त गरेपनि गोलमा परिणत भने गर्न सकेनन् ।
खेलको ४० औं मिनेटमा टेन नवोदयले उपहार स्वरुप एक गोल प्राप्त गर्‍यो । गोर्खाली युनाइटेडका विशाल राईले ब्याक पास गर्दा गोलकिपर सन्तोष तामाङको हातबाट बल फुत्किएर आत्माघाती गोल भयो । त्यस्तै, खेलको ४६ औं मिनेटमा नवोदयका सनम धिमालले हेडमार्फत उत्कृष्ट दोश्रो गोल गरे ।

खेलको म्यान अफ दि म्याच विजयी टिमका उमेश कार्की घोषित भए । उनले २५ सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
फाइनल खेल चैत्र ३० गते डाँगिहाट फुटबल क्लब र टेन नवोदयका बिच हुने आयोजक क्लबका अध्यक्ष जगराज लिम्बूले बताए । उनले भोलि नियमित प्रतियोगिताको विश्राम रहने तर मनोरञ्जन र महिलाहरुलाई फुटबलप्रती अझ आकर्षित गराउने उद्धेश्य स्वरुप एकदिने मैत्रीपुर्ण महिला फुटबल खेल गरिने सुनाए ।

प्रतियोगितामा विजेता टिमले १ लाख ५१ हजार, उपविजेताले १ लाख १ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितको प्रत्येक दिन म्यान अफ दि म्याचको पुरस्कार स्वरुप २५ सय, ट्रफी र मेडल प्रदान गरिने आयोजक हेमेश्वर राईले बताए ।

विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलकिपरलाई ७ हजार, हाई स्कोलरलाई ७ हजार सहित ट्रफी, मेडल प्रदान गरिने र उत्कृष्ट कोचलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

फोटो: पिएल टिभी एचडी 



तपाईको कमेन्ट लेख्नुहोस्