Techie IT
HK Tube Nepal

पथरी शनिश्चरे नगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


पथरी शनिश्चरे, वैशाख ९ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा बिहिवार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
नगर कार्यालय परिसरमा खडा भएको कार्यालय स्थापनाका क्रममा बोल्दै नगर प्रमुख दिलीपकुमार राईले वैशाख ३० मा सम्पन्न हुने निर्वाचनमा सवै दल मिलेर धाधली रहित वातावरण सृजना गराउन लाग्नुपर्नेमा जोड दिए ।
श्रम कार्यालय विराटनगरबाट आएका खगेन्द्र सुवेदी नगरको मुख्य निर्वाचन अधिकृत र कृष्णप्रसाद पौडेललाई  सहायक निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी दिइएको छ । कार्यालय शुभारम्भ कार्यक्रमा नगरमा अस्तित्वमा रहेका दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । वैशाख ११ र १२  गते हुने उम्मेदवारी मनोनयन दर्ताका लागि समयको पालो मिलाउन १० गते निर्वाचन समितिले सर्वदलीय बैठक राख्ने भएको छ ।



तपाईको कमेन्ट लेख्नुहोस्