Techie IT
HK Tube Nepal

भोट दिनु, छोरी दिनुभन्दा ठूलो कुरा हो : राजेन्द्र लिङ्देन


कानेपोखरी, वैशाख १० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेतालाई भोट दिनु भनेको कुटुम्बलाई छोरी दिनुभन्दा ठूलो कुरा भएको बताएका छ्न ।

शुक्रबार मोरङको कानेपोखरीमा आयोजित खुल्ला आमसभाको सम्बोधन गर्दै लिङ्देनले नेतालाई भोट दिनु अघि सयौं पटक सोच्नुपर्ने बताए । उनले भने, ‘ज्वाँइ छान्दा खराब छानियो भने मात्र छोरीले दु:ख पाउँछिन तर एउटा नेता खराब छान्दा पुरै देश र जनताले धेरै वर्ष पीडा खेप्नुपर्ने हुन्छ । ‘बेरोजगारीको अन्त्य राजनीतिले गर्छ तर भोटको बेला सहि नेता छान्नसक्नुपर्छ । एउटा मात्र राम्रो मान्छे छान्दा देश राम्रो बन्न सक्छ भने हामी किन पैसा, मासु, पेट्रोलमा बिक्ने ? अब यी सबै कुराहरुबाट माथी उठेर हामी सम्पूर्ण जनताले सक्षम, राष्ट्रप्रेमी, विकासवादी नेतृत्व छान्न आवश्यक छ,’ उनले बताए ।

लिङ्देनले नेपालमा रहेका ठुला पार्टिहरुले लामो समयसम्म नेतृत्व गरेपनी अहिलेसम्म के कस्ता परिवर्तनहरू ल्याउन सके त भन्ने प्रश्न सहित चुनौती व्यक्त गरे । ३२ वर्षमा २६ वटा सरकार परिवर्तन भए, अहिले पनि ठुला पार्टीहरूले नै देशको नेतृत्व गरिरहेको छन तर देशले मुहार भने फेर्न सकेको छैन। अब राप्रपाको नेतृत्वले देशको मुहार फेर्ने सक्ने उनको दाबी छ । नजिकिदै गरेको चुनावमा फेरि केपि ओलि, शेरबहादुर देउवा, प्रचण्डले चुनाव जिताइदिनुहोस, ५ वर्षमा देशले फड्को मार्नेछ भन्दै आउनुभो र तपाईंले पुनः भोट दिनुभो भने खुकुरी, तरबार चलाएभन्दा नि त्यो ठुलो सजाय हुनेछ ।
सोध्नुहोस कति समय थप्यो भने देश बन्छ । उनले भने, ‘आउने चुनावमा जानीजानी यस्ता भ्रष्ट नेताहरूलाई भाेट नदिनुस् भन्न म तपाईंहरू सामु आएको हो’ । फेरि पुरानो पार्टीलाई भोट दिनु भनेको साढेको मुनि बाल्टी थाप्नु जस्तो हो, जति सुम्सुमाए, कन्याए, हत्ते गरेपनी दुध दिदैंन, लिङ्देन बताउँछन ।
अब सबै एकजुट भएर यो अवस्था परिवर्तन गर्न लाग्नुपर्ने उनको भनाई थियो । नव प्रवेशीहरूले कुनै लाभको आशा लिएर राप्रपा पार्टीमा प्रवेश गरेको हो भने आजै यस पार्टी त्याग्न अनुरोध समेत गरे । उनले भने, ‘भ्रष्टाचार गर्नु भनेको आमा रगत पिउन जतिकै हो’ ।

साथै, उनले देश चपेटामा परेको बेला नेतृत्वमा रहेका राजनीतिक पार्टीहरूले देश जोगाउन कुनैपनि योजना नबनाएको आरोप लगाए । केही नेताहरुले गर्दा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिवर्तन भएको र अहिले देशको कुनै पनि वर्ग खुशी नभएको बताउँदै लिङ्देनले देशका अगन्य युवा विदेशीनु दुखदायी भएको बताए ।

अब हुने तीनै तहको चुनाव सोचेर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गरे।  ‘गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस्’, उनले भने । कानेपोखरी ६ जनसेवा माविको प्राङ्गणमा आयोजित कार्यक्रममा राप्रपाका केन्द्रिय प्रवक्ता भक्ति सिटौला, महामन्त्रि प्रलाद शाह, पार्टिका नेता तथा पुर्वमन्त्रि राम कुमार सुब्बा लगायतले सम्बोधन गरेका थिए ।



तपाईको कमेन्ट लेख्नुहोस्