Techie IT
HK Tube Nepal

कानेपोखरीमा १८९ जनाले मनोनयन दर्ता गराए


कानेपोखरी, वैशाख १२ । मोरङ कानेपोखरी गाउँपालिकामा स्थानीय तहको निर्वाचनका लागि १८९ जना उम्मेदवारहरूले   आज मनोनयन दर्ता गराएका छ्न ।
विभिन्न राजनीति पार्टीबाट अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा १८९ जनाले उम्मेदवारी दिएका हुन ।
अध्यक्षमा ७, उपाध्यक्षमा ६, वडा अध्यक्षमा ४७, सदस्यमा ७२, महिला सदस्यमा ३० र दलित महिला सदस्यमा २७ जनाको उम्मेदवारी परेको हो ।
त्यसैगरी, वडागत रुपमा वडा नं. १ बाट २३, २ बाट २२, ३ बाट ३१, ४ बाट २५, ५ बाट २६, ६ बाट ३० र ७ बाट १९ जनाले आफ्नो उम्मेदवारी दिएका हुन । नामावली र पार्टीगत विवरण आउँन बाँकी छ ।



तपाईको कमेन्ट लेख्नुहोस्