Techie IT
HK Tube Nepal

टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा : होक्लाबारीको सुरुवाती जित


कानेपोखरी, वैशाख १३ । मोरङ कानेपोखरी -०१ होक्लाबारीमा आजदेखी सुरु भएको प्रथम टि-ट्वान्टी नकआउट क्रिकेट प्रतियोगितामा आयोजक होक्लाबारीले सुरुवाती जित निकालेको छ ।
सिजुवा क्रिकेट क्लबलाई ४ रनले पराजित गर्दै होक्लाबारी जित निकालेको हो ।

श्री मावीको खेल मैदानमा होक्लाबारी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको सिजुवाले आयोजक होक्लाबारी सामु निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १०२ रनको लक्ष्य दिएको थियो । १०२ रनको जवाफी ब्याटिङमा उत्रिएको होक्लाबारीले ९ ओभरमा ३ विकेट गुमाउँदै १०६ रन सहित समीकरण पूरा गरी सुरुवाती जित निकाल्न सफल भयो ।
खेलको म्यान अफ दि म्याच विजयी टिमका अभिषेक मण्डल घोषित भए । उनले नगद १ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । भोलीको खेल लोहन्द्राघाट र पथरी शनिश्चरेका बिच हुने आयोजकले बताएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश १ का सांसद लिलाबल्लभ अधिकारीले बल र ब्याट एम्पायरलाई हस्तान्तरण गर्दै गरेका थिए ।

गाउँपालिकाको १ लाख सहयोग र होक्लाबारी युवा क्लबको आयोजनामा बैशाख १३ गतेदेखी सुरु भएको प्रतियोगिता २० गते सम्पन्न हुनेछ । खेलमा इटहरी, पथरीशनिश्चरे, कानेपोखरी, इविसिसि, दमक, लोहन्द्राघाट लगायतको टिमले सहभागीता  जनाएको आयोजक क्लबका अध्यक्ष प्रमोदकुमारले बताए ।
खेलमा विजेता टिमले ५० हजार, उपविजेताले ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउँने छन । प्रत्येक खेलमा म्यान अफ द म्याच १ हजार, बेष्ट बल्लर र वेष्ट ब्याटमेनलाई २५ सय, त्यसैगरी म्यान अफ द सिरिन्ज ५ हजार पुरस्कार रहेको छ । खेल अवधिभर ३ लाख खर्च हुने आयोजकले बताए ।



तपाईको कमेन्ट लेख्नुहोस्