Techie IT
HK Tube Nepal

टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा : कानेपोखरी सेमिफाइनलमा प्रवेश


कानेपोखरी, वैशाख १५ । मोरङ कानेपोखरी -०१ होक्लाबारीमा जारी टि-ट्वान्टी नकआउट क्रिकेट प्रतियोगितामा आज कानेपोखरीले जित निकालेको छ । दुहबीलाई १ रनले पराजित गर्दै कानेपोखरीले सेमिफाइनलको यात्रा तय गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको दुहबीले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै १०३ रनको लक्ष्य दिएको थियो । १०३ रनको जवाफी ब्याटिङमा उत्रिएको कानेपोखरीले १०.२ ओभरमा ५ विकेट गुमाउँदै १०३ रन सहितको समीकरण पूरा गरी सहज जित निकाल्न सफल भयो ।
खेलको म्यान अफ दि म्याच विजयी टिमका वरुण चौधरी घोषित भए । उनले १ हजार नगद रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनलाई राष्ट्रिय युवा संघ कानेपोखरी १ का अध्यक्ष भरत थापाले पुरस्कार प्रदान गरे । भोलिको खेल दमक र इटहरीका बिच खेल हुने आयोजना क्लबका अध्यक्ष प्रमोद कुमार ठाकुरले बताए ।

गाउँपालिकाको १ लाख सहयोग र होक्लाबारी युवा क्लबको आयोजनामा बैशाख १३ गतेदेखी सुरु भएको प्रतियोगिता २० गते सम्पन्न हुनेछ । खेलमा इटहरी, पथरीशनिश्चरे, कानेपोखरी, इविसिसि, दमक, लोहन्द्राघाट लगायतको टिमले सहभागीता  जनाएको आयोजक क्लबका अध्यक्ष प्रमोद कुमार ठाकुरले बताए ।
खेलमा विजेता टिमले ५० हजार, उपविजेताले ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउँने छन । प्रत्येक खेलमा म्यान अफ द म्याच १ हजार, बेष्ट बल्लर र वेष्ट ब्याटमेनलाई २५ सय, त्यसैगरी म्यान अफ द सिरिन्ज ५ हजार पुरस्कार रहेको छ । खेल अवधिभर ३ लाख खर्च हुने आयोजकले बताए ।



तपाईको कमेन्ट लेख्नुहोस्