Techie IT
HK Tube Nepal

नेकपा एमाले कानेपोखरीले सुरु गर्‍यो घरदैलो कार्यक्रम


कानेपोखरी, वैशाख १७ । मोरङ कानेपोखरी गाउँपालिकामा नेकपा एमालेले घरदैलो कार्यक्रम सुरु गरेको छ ।
आज कानेपोखरीले वडा नं. १ होक्लाबारीबाट घरदैलो कार्यक्रम सुरु गरेको हो । वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानिय तहको निर्वाचनलाई लक्षित गरि आफ्ना एजेन्डाहरू जनतासामु पुर्‍याउन घरदैलो कार्यक्रमलाई तिव्र पारिएको एमाले गाउँ कमिटीका सचिव चरण गुरुङले बताए ।
घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षको उम्मेदवार राजमती इङ्नामले कानेपोखरी, एमालेको उर्भर भूमि भएकाले यसपटकको स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयी गराइदिनुहुन्छ भन्नेमा आशा रहेको बताइन् । गत निर्वाचनमा पनि मलाई उपाध्यक्षमा सानदार जित गराइदिनु भएको र ५ वर्षमा स्थानीय जनताको नजिक रहेर धेरै काम गरेको भन्दै इङ्नामले अबको निर्वाचनमा त कामको मूल्याकंन गरेर पनि जनताले पुनः एमालेलाई नै रोज्न सक्ने आशा रहेको कुरा व्यक्त गरिन । उनले भनिन, ‘हामीले पालिकालाई समृद्ध, विकसित गराउन धेरै काम गरेको र त्यसलाई निरन्तरता दिन यसपटक पनि जिताइदिनुहुन सम्पूर्ण वडाअबासीमा अनुरोध गर्दछौं’ ।

वडा नं. १ का विभिन्न ठाउँहरूमा गरिएको घरदैलो कार्यक्रममा एमाले तर्फबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरू राजमती इङ्नाम, भोलाप्रसाद अधिकारी, १ नं. वडाको उम्मेदवारहरू तोर्ण कार्की, रामजी भण्डारी, सुक्ला किस्कु, शान्तामाया मगर र तुलसा मोते, एमालेका नेता, कार्यकताहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो । भोलि कानेपोखरी ७ को घरदैलो कार्यक्रम रहेको छ ।

कानेपोखरीमा निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन
नेकपा एमाले कानेपोखरी मोरङले निर्वाचन परिचालन कमिटि कार्यालय स्थापना गरेको छ ।
पालिकाका निवर्तमान अध्यक्ष ताराबहादुर काफ्लेले उद्घाटन गरेको कार्यालयमा पार्टीका नेता, कार्यकर्ता, समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष ताराबहादुर काफ्लेले अब आउँदै गरेको स्थानीय निर्वाचनमा एमालेलाई अत्याधिक मतले विजयी गराइदिनुहुन अनुरोध गरे ।



तपाईको कमेन्ट लेख्नुहोस्