Techie IT
HK Tube Nepal

टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा : आयोजक फाइनलमा प्रवेश


कानेपोखरी, वैशाख १७ । मोरङ कानेपोखरी -०१ होक्लाबारीमा जारी टि-ट्वान्टी नकआउट क्रिकेट प्रतियोगितामा आज आयोजक होक्लाबारीले जित निकालेको छ । कानेपोखरी क्रिकेट क्लबलाई १२ रनले पराजित गर्दै आयोजक होक्लाबारीले फाइनलको यात्रा तय गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको आयोजकले १५ ओभरमा ९ विकेट गुमाउँदै १२८ रनको लक्ष्य दिएको थियो । १२८ रनको जवाफी ब्याटिङमा उत्रिएको कानेपोखरीले १५ ओभरमा ६ विकेट गुमाउँदै ११६ रन ल्याउन सफल भयो । सोसँगै विपक्षीले दिएको लक्ष्य पूरा गर्न नसक्दा कानेपोखरीले हार बेहोर्नुपर्‍यो ।

खेलको म्यान अफ दि म्याच विजयी टिमका फिर्तोस अन्सारी घोषित भए । उनले १ हजार नगद रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । भोलि सेमिफाइनल दोश्रो खेल लोहन्द्राघाट र इटहरी क्रिकेट क्लबका बिच हुने आयोजना क्लबका अध्यक्ष प्रमोद कुमार ठाकुरले बताए ।

गाउँपालिकाको १ लाख सहयोग र होक्लाबारी युवा क्लबको आयोजनामा बैशाख १३ गतेदेखी सुरु भएको प्रतियोगिता २० गते सम्पन्न हुनेछ । खेलमा इटहरी, पथरीशनिश्चरे, कानेपोखरी, इविसिसि, दमक, लोहन्द्राघाट लगायतको टिमले सहभागीता  जनाएको आयोजक क्लबका अध्यक्ष प्रमोद कुमार ठाकुरले जानकारी दिए ।
खेलमा विजेता टिमले ५० हजार, उपविजेताले ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउँने छन । प्रत्येक खेलमा म्यान अफ द म्याच १ हजार, बेष्ट बल्लर र वेष्ट ब्याटमेनलाई २५ सय, त्यसैगरी म्यान अफ द सिरिन्जलाई ५ हजार पुरस्कार रहेको छ ।



तपाईको कमेन्ट लेख्नुहोस्