Techie IT
HK Tube Nepal

एमाले कानेपोखरी ४ को घरदैलो कार्यक्रम सुरु


कानेपोखरी, वैशाख १९ । नेकपा (एमाले) कानेपोखरी वडा नं. ४ ले घरदैलो कार्यक्रम सुरु गरेको छ । वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको चुनावलाई लक्षित गरेर घरदैलो कार्यक्रम आइतबारबाट सुरु गरिएको ४ नं. वडाका इन्चार्ज दिनेश सुब्बाले बताए ।

इन्चार्ज सुब्बाका अनुसार वडाका उम्मेदवारहरू धनबहादुर राई, अविन्द्रकुमार घिसिङ, डम्बर बहादुर कटुवाल, साउनी माझी, श्यामकुमारी बि.क., पार्टी कमिटीका पदाधिकारी र कार्यकर्ताहरू वडाका विभिन्न ठाउँहरू नारायण चोक, पिङ्गडाँडा, हनुमान चोक, शिवालय टोल लगायतका क्षेत्रहरूमा पुगि स्थानीय, शुवेच्छुक, कार्यकर्ताहरूलाई भेटेर आफ्ना घोषणपत्र प्रस्तुत गर्दै प्रतिबद्धता व्यक्त गरेका थिए ।

घरदैलो कार्यक्रम केहि दिनसम्म चल्ने र यहि वैशाख २१ गते बृहत् र्‍यालीको कार्यक्रम गरिने वडा कमिटीका अध्यक्ष टेक बहादुर तामाङले जानकारी दिए ।



तपाईको कमेन्ट लेख्नुहोस्