Techie IT
HK Tube Nepal

कानेपोखरी ४ को वृहत र्‍याली एवं कोणसभा


कानेपोखरी, वैशाख २२ । नेकपा (एमाले) मोरङ, कानेपोखरी गाउँपालिका ४ ले बुधबार वृहत र्‍याली एवं कोणसभा सम्पन्न गरेको छ । केन्द्रिय, प्रदेश एवं जिल्ला स्तरका नेता, स्थानीय उम्मेदवार र कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा वृहत र्‍याली एवं कोणसभा सम्पन्न गरेको हो ।

पालिका अध्यक्षको उम्मेदवार राजमती इङ्नाम, उपाध्यक्षको उम्मेदवार भोलाप्रसाद अधिकारी, वडा   नं. ४ को अध्यक्षको उम्मेदवार धनबहादुर राई, सदस्यहरू डम्बर बहादुर कटुवाल, अविन्द्र कुमार घिसिङ, साउनी माझी, श्यामकुमारी बि.क., पार्टी कमिटीका पदाधिकारी, कार्यकर्ता लगायतले नारा लगाउँदै वडा परिक्रमा गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै पूर्व कानुन, न्याय र संसदीय मामिला मन्त्री एवं एमालेको स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फे, पालिकाको पुर्वअध्यक्ष ताराबहादुर काफ्ले, अध्यक्षको उम्मेदवार राजमती इङ्नाम, उपाध्यक्षको उम्मेदवार भोलाप्रसाद अधिकारी, ४ नम्बरका वडा अध्यक्षको उम्मेदवार धनबहादुर राईले स्थानीय निर्वाचनबारे आफ्ना कुराहरू राखेका थिए ।



तपाईको कमेन्ट लेख्नुहोस्