Techie IT
HK Tube Nepal

महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउने मेरो प्रयास ; महिलाले गृहस्थ मात्र होइन राज्य सम्हाल्ने क्षमता राख्न सक्छन् – अध्यक्षको उम्मेदवार राजमती इङ्नाम


महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउने मेरो प्रयास ; महिलाले गृहस्थ मात्र होइन राज्य सम्हाल्ने  क्षमता राख्न सक्छन् – अध्यक्षको उम्मेदवार राजमती इङ्नाम

वि.स. २०२७ साल कार्तिक १३ गते झापा जिल्लाको जुरोपानी वडा नं. ४ मा बुवा कुन्ज बहादुर लिम्बू र आमा मनहाङमा लिम्बूको कोखबाट जन्म लिनुभएकी राजमती इङ्नाम अहिलेको परिस्थितिमा कानेपोखरी गाउँपालिकाको एक सम्झनयोग्य नाम हो । २०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित भई गाउँपालिकाकै अभिभावत्वको भूमिका निर्वाह गरिसक्नु भएको छ । इङ्नामले उपाध्यक्षको जिम्मेवारीमा रहँदा गाउँपालिकालाई समृद्ध बनाउन रातदिन जनताको काममा समय विताउँथे । विकास, समृद्धि, महिला उद्यमशिलता, न्यायिक क्षेत्र, परियोजना निर्माण, अनुगमन लगायतको क्षेत्रमा मुल्यांकनयोग्य काम गर्नुभएको छ । अब आउँदै गरेको स्थानिय तहको निर्वाचन २०७९ मा उहाँले अध्यक्षको पदमा उम्मेदवारी दिनुभएको छ । यही सेरोफेरोमा सञ्चारकर्मीद्वय राजकुमारी तामाङ र सनम रोक्काले उहाँसँग गरिएको कुराकानी जस्ताको त्यस्तै :-

१.तपाईँले हाल गाउँपालिका अध्यक्ष पदको उम्मेदवारी दिनुभएको छ । तपाईँको उम्मेदवारी किन ?
कानेपोखरी गाउँपालिकामा म, अध्यक्षमा निर्वाचित भएर गएपछि यो गाउँको विकासको लागि सुखी नेपाली र समृद्ध गाउँपालिका निर्माणमा म, लागि पर्नेछु । विशेष गरेर महिला दिदीबहिनिहरु जो पछाडि पर्नु भएको छ उहाँहरुको न्यायको लागि म लागि पर्नेछु । बिगतमा म यसै गाउँपालिकाको उपाध्यक्ष रहेको थिए । मैले हाम्रो टिमले गरेका विगतका काम पनि अधँुरो छन । त्यो पनि म पुरा गर्ने प्रतिबद्धता जनाउँँछु । विगत ५ वर्षको अवधिमा गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्ले हुनुहुन्थ्यो म उपाध्यक्ष थिए । त्यो कार्यकालमा काम गर्दै जाँदा केही अधुँरो रहेका छ्न, ती काम पुरा गर्न र विकासका काम गर्न म अध्यक्ष पदको भुमिका निर्वाह गर्न प्रतिबद्धता जनाउँछु ।
मलाई हाम्रो पार्टीले र जनताले एउटा महिलाले पनि गर्न सक्छ, भनेर जुन जिम्मेवारी दिनुभएको छ, म त्यो पुरा गर्नेछु । यो समाजलाई देशकै कामको र नेतृत्वको आधारमा नमूना बन्नुपर्ने छ । ति काम पुरा गर्न हामीले सुकुम्बासीका लागि १ विगहा २ कठ्ठा १२ घुर जग्गा किनेका छौं । त्यहाँ गरिव, असहायको  लागि जनता आवाश कार्यक्रम संचालन गरी व्यवस्थापन गरिनेछ । अर्काे हाम्रो अधुरो रहेको काम भनेको सिमसार हो ।  सिमसार बन्दैँछ, तर पनि ती सिमसारका कामहरू अधँुुरा छन । कानेपोखरीमा भलुवा सिमसार, कालिकोशी सिमसार, कानेपोखरी सिमसार त्यसैगरी अरु वडामा पनि सिमसार रहेका छन । विशेषगरी भुल्के सिमसार यी सबै सिमसारहरुलाई व्यवस्थापन गर्नुपर्नेछ । र यी कामहरू अधुँरा रहेका छन । आवासको व्यवस्थापन गरेको छैन । अर्काे कुरा यहाँ पश्चिममा रहेको चिसाँङखोलालाई तटबन्धन गर्न बाँकि छ पुर्व तिर रहेको डास खोलामापनि टटबन्धन गर्न बाँकि छ । यि काम पूरा गर्न बाँकी छ । यसको लागि मेरो उम्मेदवारी हो ।

२.तपाईँको योजनाहरु केके छन ?
यि काम पूरा गर्न पालिकाले मात्र नसक्ला तर प्रदेश र संघिय सरकारसँग समन्वय गरे अवश्य सकिन्छ । हामी पुरा गर्नेछौँ । नयाँ कुरा हामीले फोहोरमैला व्यवस्थापन गर्नुपर्ने छ । सुखी नेपाली, समृद्ध नेपालको नारा पूरा गर्न पहिला त सरसफाइमा ध्यान दिनुपर्छ । स्वास्थमा पनि हामीले धेरै काम गरेका छौं । तर केही अधुरा छ्न । त्यसलाई पुरा गर्न बाँकी छ । भर्खरै हामीले कानेपोखरी अस्पताललाई ५ शैयाको २४ घण्टे अस्पतालको सुरुवात गरेका छौँ । त्यस्तै १५ शैयाको अस्पताल निर्माणधिन रहेको छ ।
त्यहाँ हामीले सुरक्षित मातृत्वदेखि एउटा गरिबले विराटनगर, धरान, काठमाडौं सेवा लिन जानु नपर्ने वातावरण श्रृजना गरेका छौँ । र, स्वास्थमा हाम्रो काम गर्न बाँकी छ । शिक्षामा हामीले लगानी गर्नुपर्नेछ । कतिपय विद्यालयमा शिक्षकको दरबन्दी नभएर पढ्नपाठनमा अवरोध आइरहेको छ । विद्यार्थी धेरै छन । शिक्षकको कमी छ । त्यस्ता विद्यालयलाई पनि व्यवस्थापन गर्न बाँकी छ । शिक्षा र स्वास्थमा विशेष पहल रहने छ । अरु धेरै काम बाँकी छन । कृषि प्रधानदेश हाम्रो तर हामीले त्यहाँ पिच गर्न देखि बाटो बनाउने त धेरै गर्यौ अब हामीले कृषी, शिक्षा र स्वास्थ्यलाई फोकस गर्नुपर्ने छ ।

३.तपाईँ गाउँपालिकाको उपाध्यक्ष हुँदा सम्पन्न गर्नुेभएका केहि सम्झन योग्य कामहरु केके छन् ?
मैले ५ वर्षे कार्यकालमा १५ वर्ष टाढा रहेको परिवारको पनि मुद्धा मिलान गरेको छु । अर्को कुरा पीडित महिला दिदीबहिनीहरु अन्यायमा हुनुहुन्थ्यो । उहाँहरुको लागि धेरै काम गर्यौ । मैले न्यायिक क्षेत्रमा काम गदैगर्दा के पनि थाहा पाए भने महिला मात्र अन्यायमा पर्ने रहेनछन । कति धेरै पुरुष दाजुभाईहरु पनि अन्यायमा पर्नुभएको थियो । मैले उहाँहरुको पक्षमा पनि काम गरेको छु । अर्को धेरै सिमानाका विवादका मुद्धा मामिलाहरु मिलाएको छु । विकास निर्माण, अनुगमन, महिला उद्यमशिलताका कामहरु गरेको छु । हामीले गरेको काम सम्झन योग्य धेरै छन् । जस्तै जनता आवास कार्यक्रम, खरको छाना हटाउ कार्यक्रम, सुकुम्वासी समस्या समाधान, स्वस्थ्य क्षेत्र, घरघरमा सामाजिक सुरक्षा भत्ता, भौत्तिक पूर्वधार र स्थानीय ऐन तथा नियम निर्माण गरेका छौं ।

४.तपाईँ आगामी दिनमा समृद्ध पालिका बनाउन कसरी अघि बढ्नु हुन्छ ?
म अहिले गाउँपालिकाको अध्यक्षमा उठेको छु । भोलि मैले जिते भने उपाध्यक्षलाई न्यायिक समितिमा राखिन्छ तर पनि म त्यस बेला सो पदमा नरेहेपनि न्यायको निम्ती भने निरन्तर काम गर्ने छु । मैले उपाध्यक्ष भएर काम गरिरहदा अनुगमनको संयोजक भएर पनि काम गरे । त्यहाँ कतिपय ठेक्कामा लागिसकेको कामहरु जस्तै बाटो कल्भर्ट जो गुणस्तरीय थिएन फेरि भत्काउन लागाएर पुरानै बजेटमा  बनाउँन लगाएको छु । ५ वर्षको अवधिमा अनुगमको बेला कुनै लोभ लालचमा नपरीकन निःस्वार्थ रुपमा काम गरेको छु । सुरु सुरुमा काम गर्न अलि गाह्रो पनि भएको थियो । पछि साच्ची नै उपाध्यक्ष सत्य हुनुहुन्छ । भनेपछी मलाई साथ दिनुभयो । मैले उपाध्यक्ष भएर काम गर्दा कुनै स्वार्थ बोकेर काम गरिन । र, अब पनि म निःस्वार्थ नै काम गर्छु । मैले उपाध्यक्ष भएर काम गरिरहँदा पनि राती १२ बजे नभनी कन आफ्नो ज्यान बाजी राखेर नगर प्रहरी युवा सहित त्यहाँ उदार गर्न पुगेको छु । म समाज सेवा गरि रहने मान्छे हुँ । म फेरि पनि जनतासँगै भएर काम गर्नेछु । म जनताकै सल्लाह सुझाँवको आधारमा नै काम गर्नेछु । यदि म अध्यक्ष पदमा निर्वाचित भएको खण्डमा हरेक नागरिकसँग अन्तरक्रिया गरेर उहाँहरुको भावना, समस्या र मागलाई सम्बोधन गरेर अघि बढनेछु ।

५.अध्यक्षको उम्मेद्वार हुनुहुन्छ, अन्त्यमा गाउँबासीलाई के भन्न चहानुहुन्छ ?
अन्त्यमा, म ५ वर्षको अवधीमा काम गर्दा कसैको भावनामा ठेस पुर्याएर काम गरिन । मैले निःस्वार्थ भावले काम गरे । म एक सुकुम्बासीको क्षेत्रमा बसेको सामान्य परिवारको मान्छे हुँ । त्यसो हुदाँ फेरि पनि मलाई अत्याधिक मतले विजयी गराउनुभयो भने म तपाईहरुकै सल्लाहमा दुःख सुखमासँगै रहेर काम गर्नेछु । मलाई तपाईहरु काम गर्ने, सेवा गर्ने मौका दिनुहोस । यति भन्न चहान्छु ।



तपाईको कमेन्ट लेख्नुहोस्