Techie IT
HK Tube Nepal

जनताको प्रिय ‘गोपाल कार्की’


सुरुवाती जीवन
गोपाल बहादुर कार्कीको जन्म वि. सं. २०१८ साल माघ ५ गते तेह्रथुमको ओयाक्जुङमा आमा रुपादेवी कार्कीको कोखबाट जेठो सुपुत्रको रुपमा भएको थियो । उनी सानै हुदाँ उनको बुवाको मृत्यु भए पश्चात् आमा एक्लैले दुःख गरेर पढाउनुभयो । उनले तेह्रथुमकै सिंहदेवी माविमा ८ सम्मको अध्ययन पूरा गरे । त्यस पश्चात उनी मोरङको बयरवन गाविसमा बस्न थाले त्यही उनले एसएलसी सम्मको शिक्षा पूरा गरे । उनले वि.सं. २०३८ सालमा जनसेवा माविबाट एसएलसि गरेका थिए । दु:ख-दु:खमै हुर्किएका उनले त्यस पछिको शिक्षालाई त्यही बिट मारे ।

राजनितिक यात्रा
उनको राजनीतिमा प्रवेशको हुनुको कारण यस्तो रहेछ । उ बेला २००७ सालमा राजनीतिक घटनाक्रमले कोल्टे फेर्दै गर्दा नेपालमा प्रजातन्त्र आउँदै गरेको बेलामा कुनै नेपाली काङ्ग्रेसको फटाहा समुहले हाम्रो घरमा चोरी गरेछन । घरमा भएका सम्पूणर् गरगहनादेखि नगद सबै लुटपाट भएछ । त्यसपछी आमालाई मेरो छोरालाई यसको विरुद्धमा लड्ने समाजसेवी र राजनीतिकर्मी बनाउने अठोट लिनुभएको रहेछ । र, आजसम्म पनि उहाँलाई आमाकै साथ र हौसला धेरै रहेको कुरा बताउँछन । उनले एमाले पार्टी रोज्नुकै कारणचै यसो भन्छन् “पहाडमा शिक्षा लिने क्रममा २०३५ सालमा नेता भानुभक्त ढकालले विद्यार्थीहरुलाई भेला गरेर भाषण दिदैँ थिए खुब चाख दिएर म सुनी रहेको थिए । कुरा ठिकै गरिरहेका थिए । विद्यार्थीकै हितका लागि आवाज उठाई रहेका थिए । एक्कासी त्यहाँ माहोल अर्कै बन्यो पुलिस आएर पिटन थाले खेदाउन लागे । म भाग्दा भाग्दैँ लडे, भिरबाट तल पुगि सकेको थिए । किताबको झोला मसँग थिएन, मेरो कपडा च्यातिएको थियो त्यसबेला मलाई एउटा हात आयो उठ ! भन्दै अहिले सम्झिदाँ त्यो हात त भानुभक्त ढकालको रहेछ । यसरी विद्यार्थी जिवनमा राजनिती कम समाजसेवाको भाव बढि त्यहाँबाट सुरु भएको थियो । उनले यो यात्रा रोकेन्न तराई आएपश्चात एसएलसीको २ वर्ष अनेरास्ववियुमा लागेर काम गरे । त्यसबेला अनेरास्ववियुका अध्यक्ष सुर्य थापा रहेका थिए । उनी अनेरास्ववियुले चलाएको “कालोबजारी बन्द गर” भन्ने आन्दोलमा खुब लागे” ।

२०३९ साल देखि ४५ साल सम्म भूमिगत हुनुपर्‍यो । त्यो बेला पनि रातीराती पार्टीका विभिन्न खाले प्रशिक्षणमा सरिक हुन कहिले सुनवर्शी कहिले रंगेली साथै अन्य धेरै ठाँउमा पुग्ने गदथेँ । अहिले सम्झिदैँ उनी भन्छ्न- त्यो प्रशिक्षण त जननेता मदन भण्डारीले दिनुभएको रहेछ  । मदन भण्डारीले भनेका एउटा कुरा उनी सम्झन्छन । “कोहि घर छाउँदै छन् भने घर छाउन आउँछ भने छाएर नत्र भाटा तासी दिएर त्यो पनि आउँदैन भने पराल दिएर सहयोग गर्नु त्यो मान्छे अवश्य पनि हाम्रो सिद्धान्त विचार धारामा सरिक हुन आउनेछ” । उनले यो कुरा एकदमै सत्य भन्नुभएको रहेछ भन्ने महसुस गरेको र अब आफू कोहिसँग कहिले नरिसाउने र मसगँ कोहि रिसाएको भए किन कारण सोधेर समाधान गर्ने बताए ।  उनी मदन भण्डारीको प्रशिक्षणमा आफूसँगै विभिन्न आन्दोलनमा आफुसँगै अरु २ जना थम्शेर र चन्द्र राईलाई पनि सम्झछन । उनिहरु मिलेर रातभरी कहाँ जाने के गर्ने योजना बुन्ने साथीहरु रहेका थिए । यसरी ६ वर्ष लामो भूमिगत पछि २०४६ मा लोकतन्त्रका लागि आन्दोलनका कार्यक्रम सुरु भए यो बेला उनको भुमिका सशक्त रहेको थियो । उनी रंगेली ईटहरी सुनवर्शी लगायत अधिकाश ठाँउमा पुग्ने गर्थे । २०४३ सालमा गाउँ कमिटी, २०४७ सालमा इलाका सदस्य र हाल नेकपा एमाले वडा नं. ३ वडा कमिटीका अध्यक्ष रहेका छन् ।

समाजसेवामा गोपाल
उनी आफुलाई राजनितीककर्मी भन्दा पहिला सामाजसेवी भन्न रुचाउँछन । उ बेला उनीसँग एकदमै चर्चित कम्पनी रेन्जरको साइकल थियो । उनी त्यसैमा जनताका काम गर्न विराटनगरसम्म धाउने गर्थे । कोहि बिरामी हुँदा त्यही साइकलमा राखेर लान्थे । प्यारालाइसिस भएको बिरामी, नागरिकताका लागि २/३ दिन विराटनगर धाएर पनि काम सकेर आउथें । जनताले पिटाई खान्छन भनेर जनयुद्ध कालमा धेरैको बिजुलीको बिल तिरिदिने गर्थे । धेरै मुद्दाका लागि खाइ नखाई विराटनगर धाउने गरेको सम्झन्छन ।

विगतमा चुनावको अनुभव
वि.सं. २०४८  सालमा बयरवन साविक ५ बाट वडा अध्यक्ष पदका उठे र जिते पनि । यस्तै, उनले २०५४ सालमा पनि पुनः जिते र १० वर्ष जनता र समाजको सेवा गरे । उनी भन्छन्, “उ बेला बजेट जम्मा ८ हजार मात्र आउँथ्यो । हामीले सुरुमा आएको जम्मा १ लाख ७० हजार बजेटबाट धम्कुवाको काम गर्यौ । त्यहाँ पहिला ठुलो गहिरो होलि थियो त्यसलाइ पुर्ने काम गर्यौ र उब्रेको सबै वडामा बाडँयौ । उनी अध्यक्ष हुदाँ साविक ५ को बाबाजी कुटीदेखि मिलन चोक जोडने खोलामा पुल नहुँदा बाटो नहुँदा कति गाइवस्तु लडेर खोलामा मरे । त्यो पिरले उनलाई सताएको थियो र अध्यक्ष भएपछि त्यो बाटो र पुल ७ दिनसम्म लगाएर जनताको श्रमदान र केही अनुदानमा सम्पन्न भयो । उनी अहिले भन्छ्न – “उ बेला पार्टी हेरेर काम गरिएन मैले जनताको काम गरे । अहिले मैले काम गरेको धेरै जनता अरु फरक फरक पार्टीका सक्रिय सदस्य रहेछन ।

वडा विकासका योजनाहरु
“समृद्ध वडासुखी वडाबासी” मेरो नारा हो । मसँग एजेन्डा छ्न । तसर्थ मैले फेरि पनि वडा अध्यक्षको उम्मेदवारी दिएको छु । मेरो एजेन्डा भनेको पहिला त गरिबी न्यूनीकरणनै रहेको छ । सतार बस्ती पहिला जस्तो थियो अहिले पनि उस्तै छ त्यसको पहिलो कारण भनेको शिक्षाको कमि हो त्यसैले म त्यहाँ शिक्षाको ज्योति पुर्‍याउन भरपुर प्रयास गर्छु । यस्तै, जेष्ठ नागरिकलाई दिनभरी भेला भएर गफ गर्ने सितल छाहरी, भजन गाउने घरको निर्माण गर्छु । आधुनिक कृषि प्रणालीको विकास गर्छु । नगदे बालिमा फोकस गर्नेछु । पशुपालनमा नयाँपन ल्याउनेछु । जस्तै गाई भैंसी दिने, त्यो ब्याएपछि त्यस्को बच्चा फिर्ता लिने र अर्कोलाई फेरि दिने, वडाका ५०० जना युवालाई स्वरोजगार बनाउँनेछु । वडाबासिलाई आत्मनिर्भर बनाउँनेछु ।

प्रस्तुती—राजकुमारी तामाङ



तपाईको कमेन्ट लेख्नुहोस्