Techie IT
HK Tube Nepal

संघर्षशिल महिला नेतृ राजमती इङ्नाम


वि.स. २०२७ साल कार्तिक १३ गते झापा जिल्लाको जुरोपानी वडा नं. ४ मा बुवा कुन्ज बहादुर लिम्बू र आमा मनहाङमा लिम्बूको कोखबाट जन्म लिएकी राजमती इङ्नाम अहिलेको परिस्थितिमा कानेपोखरीको एक सम्झनयोग्य नाम हो ।

सामान्य परिवारमा जन्म लिनुभएको इङ्नाम परिवारको दोश्रो सन्तान हुनुहुन्छ । “पहिलो सन्तानको रुपमा एक दाइ हुनुहुन्थ्यो जो अहिले हामीमाझ हुनुहुन्न”- उहाँले बताउँनुभयो । प्रारम्भिक शिक्षा सोही स्थानबाट सुरु गर्नुभएको उहाँको पारिवारिक पुष्टभूमी कम्युनिस्ट धारबाट निर्देशित रहेको थियो । खेतीकिसानबाट जिविकोपार्जोन गर्ने परिवार अनि त्यो भित्रको कम्युनिस्ट राजनीति निकै चाखलाख्दो थियो, उहाँ सम्झनुहुन्छ । मेरो आमा, दाइ जनवादी गितहरू गाउँनुहुन्थ्यो, म नाच्थेँ । मलाई अलिअली सम्झना छ, त्यतीखेर मेरो आमा अनेमा संघको गाउँ कमिटिमा हुनुहुन्थ्यो, म चै एउटा गाउँदेखि अर्को गाउँसम्म चिट्ठी पुर्‍याउने काम गर्दथे, गोजि भरी चिउरा अनि चिउरामुनी चिट्ठी । केटाकेटी भनेर प्रहरीले चेक गर्दैनन थिए । म ती आन्टिहरूलाई छेउमा बोलाउथें र उहाँहरू आएर मेरो गोजि छामेर ती चिट्ठीहरुलाई लिएर जानुहुन्थियो । अहिले लाग्छ, ‘त्यो बेलाबाट नै म भित्रको राजनितीपन, निडरता सुरु भइसकेको रहेछ ।

त्यसपश्चात, राजनिती यात्रा सामान्य रुपमा सुरु हुदैँ गर्दा २०४४ साल म राजकुमार इङ्नामसँग विवाह बन्धनमा बाँधिएर झापाकै गौरादहको महारानी ०१ मा बसोबास गर्न थालें । बुहारी भएपछि करिब २-४ वर्ष म निष्क्रिय भएर बसें । त्यसबेला श्रीमान-श्रीमती बिच कुराकानी निकै कम हुन्थियो । म कम्युनिष्ट धारबाट निर्देशित र उहाँ कुन पार्टिबाट मलाई थाहा थिएन । बिस्तारै जिवन चल्दैँ जादाँ एकदिन मैले उहाँको दराजमा एउटा कम्युनिष्ट सिद्घान्तको किताब फेला पारेँ । त्यसदिनदेखि हामी एउटै विचारधार बोकेका मानिस रहेछौँ भन्ने भान भयो ।

२०४९ सालमा कानेपोखरीको बिहीवारेमा बसाँइसराई गरि आएपछि राजनिती र सामाजिक यात्रामा अझ बढि सक्रिय भएर लागेको उहाँ स्मरण गर्नुहुन्छ । म भित्र, सबैलाई एकै व्यवहार गर्ने, कहिँ, कतै कोहि अन्यायमा परेको देख्न नसक्ने, समाजको लागि सधै केहि गरुँ भन्ने लाग्ने, त्यस कारणले पनि म यस क्षेत्रमा आएको हुँ । विगतको कुरालाई सम्झदैँ उहाँ भन्नुहुन्छ, ‘मेरो सन्तानको रुपमा दुृई छोराहरु हुनुहुन्छ । श्रीमान त्यसबेला निकै रोगी हुनुहुन्थियो । घरायसी कामकाजमा सघाउँने अवस्थामा उहाँ हुनुहुन्नथियो । म दिनभर राजनीतिक र सामाजिक कार्यमा हिड्थें । रातभर बीउ काड्ने, धान रोप्ने लगायतका घरायसी काम गरेको सम्झना म भित्र छ ।

त्यो समयमा मैले एक्लै न्यायको क्षेत्रमा लडेको छु । एउटा घट्नाको याद गर्नुपर्दा, मेरो गाउँमा एकजना महिला बलत्कृत भइन, उनलाई साथ दिनबाट सबै टाढा भएका थिए । मैले न्यायको लागि आवाज उठाउँदा धम्की, दबाब दिइयो तर एकरथी दबाबमा नपरी मैले न्याय दिलाउन सफल भए । त्यस्ता धेरै अगन्य घट्नाहरू छ्न जुन म एक्लै लडेर न्यायको पक्षमा दिलाउन सफल भएको छु । मेरो राजनीति जिवनको कुरा गर्नुपर्दा सुरुवातमा पार्टीको टोल कमिटीमा रहदैँ, गाउँ, जिल्ला, क्षेत्रीय र हाल अनुशासन आयोगको केन्द्रिय कमिटीमा रहेको छु । स्थानीय स्तरमा रहेर जनताको गुनासा, समस्या र चहानालाई मध्यनजर गरि हातेमालो गर्दै जनतासँग नजिक रहेर काम गर्दा सन्तुष्टि मिल्छ ।

उपाध्यक्षको पदमा रहि ५ वर्षे कार्यकाल पूरा गरिसकेको छु । मेरो कार्यकालमा जे काम र योजनाहरु सम्पन्न गरे, इमान्दारीतापुर्वक, निष्ठावान भएर गरे । सो कारणले पनि पार्टीले मलाई विश्वास गरेर अध्यक्षका लागि टिकट दियो जसकारण हाल मैले अध्यक्ष पदमा कानेपोखरीबाट उम्मेदवारी दिएको छु । मेरो उद्देश्य र लक्ष्य भनेको समाजमा रहेका महिलाहरुलाई पनि नेतृत्वकारी भूमिकासम्म पुर्‍याउनु हो । – उहाँले बताउँनुभयो । मेरो उम्मेदवारी भोलिका दिनमा देश हाँक्न सक्ने महिलाहरु उत्पादन गर्नु हो ।

प्रस्तुती -सनम रोक्का



तपाईको कमेन्ट लेख्नुहोस्