Techie IT
HK Tube Nepal

कानेपोखरीमा ६६ प्रतिशत मत खसेको अनुमान, १० बजेबाट गणना सुरु हुने


कानेपोखरी, वैशाख ३० । मोरङको कानेपोखरी गाउँपालिकामा मतदान कार्य सम्पन्न भएको छ । पालिका भित्रका ७ वटा वडाहरूबाट अनुमानित ६६ प्रतिशत मत खसेको कानेपोखरीका निर्वाचन अधिकृत गणेश नायकले बताए ।

शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको चुनावी कार्यक्रमको अहिले मतपेटिका संकलन कार्य जारी रहेको निर्वाचन अधिकृत नायकले जानकारी दिए । उनले ७ वटा वडाहरूबाट प्रारम्भिक नतिजा अनुसार २२६०० को हाराहारीमा मत खसेको बताए । उनले भने, ‘अहिले मतपेटिका संकलन गर्ने कार्य भइरहेको छ, केहिछिनमा सर्वदलीय बैठक बसि करिब १० बजेबाट हामी मतगणना सुरु गर्नेछौं’ । कानेपोखरीमा ३४०४५ मतदाताहरू रहेका छ्न ।



तपाईको कमेन्ट लेख्नुहोस्