Techie IT
HK Tube Nepal

कानेपोखरी ७ मा एमाले प्यानलनै विजयी


कानेपोखरी, वैशाख ३१ ।  मोरङको कानेपोखरी गाउँपालिका-७ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।अध्यक्षमा मोहनप्रसाद अधिकारीसहित प्यानलै निर्वाचित भएको हो । १ हजार ३ सय २८ मत ल्याएर अधिकारी अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।
उक्त वडामा २ हजार ७ सय २ मत खसेकाेमा अधिकारीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमृत चेम्जोङले १ हजार ९० मत ल्याए । सदस्यहरुमा एमालेकै पदमकुमारी कार्की १४०९, जित बहादुर लिम्बु १३००, जीवन सुब्बा १२८२ र दलित महिला सदस्यमा रुविना विश्वकर्मा १३६१ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत नायकले जानकारी दिए ।



तपाईको कमेन्ट लेख्नुहोस्