Techie IT
HK Tube Nepal

कानेपोखरी २ मा एमाले प्यानलनै विजयी


कानेपोखरी, जेठ १ । मोरङ कानेपोखरी वडा नं. २ मा नेकपा एमाले प्यानलनै निर्वाचित भएको छ ।
२ को वडा अध्यक्षमा एमालेका सुशील बुढाथोकीले १८६४ मत ल्याउँदै जित सुनिश्चित गर्दा निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका गोपाल खड्काले १३०४ मत प्राप्त गरेको कानेपोखरीका निर्वाचन अधिकृत गणेश नायकले बताए ।
त्यसैगरी वडासदस्यहरूमा एमालेको तर्फबाट महिला सदस्य सावित्रा चौधरीले १७६२ मत प्राप्त गर्दा दलित महिला सदस्य किना ऋषिदेवले १७७४, पहिलो खुल्ला सदस्य केशव दाहालले १६९९ र दोस्रो खुल्ला सदस्य भिम बहादुर कार्कीले १६३९ ल्याएर निर्वाचित भएको अधिकृत नायकले जानकारी दिए ।



तपाईको कमेन्ट लेख्नुहोस्