Techie IT
HK Tube Nepal

कानेपोखरीमा : अध्यक्ष र उपाध्यक्षसहित ५ वडामा एमाले र दुईमा काङ्ग्रेसको जित


कानेपोखरी, जेठ ४ । मोरङ कानेपोखरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ५ वटा वडामा नेकपा एमाले र दुईमा नेपाली काङ्ग्रेसले विजयी हात पारेको छ ।
मंगलबार सम्पन्न मतगणनासँगै ८,९७५ मत ल्याएर एमालेको तर्फबाट राजमती इङ्नाम अध्यक्ष पदमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका सन्जय भट्टराईले ५,८४६ मत ल्याए । त्यसैगरी माओवादीका सुर्य धिमालले ४,८३३ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि एमालेकै तर्फबाट भोलाप्रसाद अधिकारी ९,५७० मत ल्याइ निर्वाचित हुँदा निकटमा रहेका प्रतिस्पर्धी काङ्ग्रेसका मनकुमारी गुरुङले ७,८१८ मत प्राप्त गरिन भने माओवादीकि तारा ओझाले १,९४० मत ल्याइन ।
वडा नं २ बाट वडाध्यक्षमा सुशिल बुढाथोकी, महिला सदस्य सावित्रा चौधरी, दलित महिला सदस्य किना ऋषिदेव, वडा सदस्यहरु केशव दाहाल, भिमबहादुर कार्कीसहित नेकपा एमालेको सिंगो प्यानल नै विजयी बन्यो।
त्यसैगरी, वडा नं. ३ बाट वडाध्यक्षमा गोपाल कार्की, वडा सदस्यहरु सरस्वती काफ्ले, डिल्लिमान गिरी, लोकबहादुर लिम्बु र  अनारवती मुसहरसहित नेकपा एमालेको सिंगो प्यानल नै विजयी बन्यो।
वडा नं. ५ बाट वडाध्यक्षमा चरण गुरुङ, वडा सदस्यहरुमा दिपक लुइँटेल, रखिलाल चौधरी, सुशीला धिमाल, प्रमिला परियारसहित नेकपा एमालेको सिंगो प्यानल नै विजयी बन्यो।
सगँसँगै, वडा नं. ६ बाट वडाअध्यक्षमा खड्गबहादुर बस्नेत, खुल्ला महिला सदस्य सुशिला श्रेष्ठ, दलित महिला सदस्य दुर्गा नेपाली, खुल्ला सदस्यहरु राजकुमार लिम्बु, नारायणकुमार बस्नेतसहित नेकपा एमालेको सिंगो प्यानल नै विजयी बन्यो।
वडा नं. ७ बाट वडाध्यक्षमा मोहनप्रसाद अधिकारी, खुल्ला वडा सदस्यहरु जितबहादुर लिम्बु, जीवन सुब्बा (लिम्बु), खुल्ला महिला वडा सदस्य पदमकुमारी कार्की, दलित महिला सदस्य रुविना ताम्राकार (विक) सहित नेकपा एमालेको सिंगो प्यानल नै विजयी बन्यो।
१ नं. वडामा भने वडाअध्यक्षमा कांग्रेससहित सदस्यहरुमा एमाले र कांग्रेसलाई मिश्रित मत प्राप्त भएको थियो। नेपाली कांग्रेसबाट वडाध्यक्षमा रत्नबहादुर कार्की १,१०८ मत प्राप्त गर्दै विजयी बने भने निकटतम प्रतिद्वन्दी एमालेका तोर्णबहादुर कार्कीले ८५२ मत प्राप्त गरे। महिला दलित सदस्यमा एमालेबाट तुलसादेवी नेपाली, खुल्ला सदस्य एमालेबाट रामजी भण्डारी, महिला सदस्यमा नेपाली कांग्रेसबाट बिमला वुडाथोकी, खुल्ला सदस्य नेपाली कांग्रेसबाट दिपेशकुमार थापा विजयी बने ।
र, ४ नम्बर वडामा नेपाली कांग्रेसबाट वडाध्यक्षमा रमेश रावत र सदस्यमा प्रदिप राई विजयी भए भने अन्य वडा सदस्यमा नेकपा एमालेबाट अविन्द्र घिसिङ, श्यामकुमारी विक र साउनी माझी विजयी भएका छन्।
३४०४५ मतदाता रहेको कानेपोखरीमा १,२,३,४,५,६ र ७ बाट क्रमशः २६९०, ३७२४, २९०४, ३२६८, ३८२५, ३६२० र २७०२ गरि जम्मा २२७३३ मत खसेको थियो ।



तपाईको कमेन्ट लेख्नुहोस्