Techie IT
HK Tube Nepal

बेलवारी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम


कानेपोखरी, जेठ २२ । आज विश्व वातावरण दिवशको अवसर पारी मोरङ, बेलवारी-३ मा अवस्थित बेलवारी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले फोहोरमैला संकलन गरि व्यवस्थापन गरेका छ्न ।
स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको समुहले बेलवारीमा रहेको पर्यटकीय स्थल बेतना सिमसार क्षेत्रको आसपासमा रहेका जैविक तथा अजैविक फोहोरमैला संकलन गरि व्यवस्थापन गरेका हुन ।
बेतना सिमसारको प्राकृतिक सौर्न्दर्यमा बाधा पुगेको र घुम्न आउँने पर्यटकहरू सौर्न्दर्य वातावरण रमाउन भन्ने उद्धेश्यले सो स्थानको सरसफाइ गरिएको क्याम्पसमा अध्ययनरत एक विद्यार्थी दुर्गाप्रसाद खतिवडाले बताए । सरसफाइ कार्यक्रममा क्याम्पसका शिक्षक, करिब ६० विद्यार्थीहरू सहभागी रहेका थिए ।



तपाईको कमेन्ट लेख्नुहोस्