Techie IT
HK Tube Nepal

मोरङ क्षेत्र नम्बर ३ मा युवा नेता दुलालको दावी


विराटनगर , जेठ २७ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रस्तावित मिति तोकेसँगै मोरङमा कांग्रेस नेताहरूले आफ्ना गतिविधि तिव्ररुपमा बढाएका छन् ।

स्थानीय निर्वाचनमा सर्मनाक हार ब्योहोेरेको कांग्रेसमा संघ र प्रदेशमा उम्मेद्वारी घोषणा सुरु भएको छ । यसैक्रममा मोरङ –३ मा नेपाली कांग्रेसका युवा नेता केशवप्रसाद दुलालले उमेद्वारी घोषणा गरेका छन ।

पार्टी भित्र आन्तरिक शक्ति संघर्ष बढेको र नीति र निष्ठाको राजनीति मर्दै गएकोले आफूले पार्टी बचाउन उमेद्वारी घोषणा गरेको दूलालले बताए। उनले आफ्नो फेसबुकमा लेखेका छन ।‘ सैद्धान्तिक रूपमा सम्पूर्ण शासकीय अभ्यास मध्ये संसदीय शासन प्रणाली कम खराब व्यवस्था हो । उत्तम होइन,यसलाई उत्कृष्ट बनाउन लोकतान्त्रिक चरित्र सहितको अभ्यासबाट मात्र सम्भव हुन्छ । त्यसकारण हाम्रो अभ्यासलाई लोकतान्त्रिक र लोक मान्य बनाउन जति सक्यौं, त्यति व्यवस्थित चिर स्थायी साथै देश र जन हितकारी हुन्छ । त्यसैका लागि आगामी निर्वाचनमा विचार, संस्कार,चरित्र निडर,निस्वार्थ,सपना र कार्य–कुशलता भएको उम्मेदवार खोजौं र रोजौं ।’

दूलालले सांकेतिक रुपमा यस अघिका उमेद्वार विचार, संस्कार, चरित्र, निडर, निस्वार्थ, सपना र कार्य–कुशलता नभएको बताएका छन । नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका ४९ वर्षीय दूलाल मोरङको पथरीशनिश्चरे १० का स्थायी बासिन्दा हुन ।

नेविसङ्घको केन्द्रीय सदस्य, पार्टीको महाधिवेशन प्रतिनिधि लगायतका जिम्मेवारी सम्हालिसक्नु भएका दुलाल पार्टीले संघीय संसदको टिकट दिँदा धनवाद र डनबादलाई भन्दा पार्टीको आस्था, विचार र आदर्श बोकेका व्यक्तीलाई दिनुपर्ने बताउँछन।



तपाईको कमेन्ट लेख्नुहोस्