Techie IT
HK Tube Nepal

पथरी शनिश्चरेको ११ औं नगरसभा सम्पन्न


पथरी शनिश्चरे, असार १० । मोरङको पथरी शनिश्चरे नगरपालिकाले आज ११ औं नगर सभा सम्पन्न गरेको छ ।
नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षताको सभामा नगर उपप्रमुख देवीमाया काफ्लेद्वारा आर्थिक वर्ष २०७९÷८० का लागि नीति, कार्यक्रम सहित १ अर्व २७ करोड १५ लाख ४१ हजार ४४ रुपैयाँको अनुमानित आयव्यय बजेट प्रस्तुत भएको थियो ।
छलफल सहित नीति, कार्यक्रम र बजेट पारित भएको छ । भोली पत्रकार सम्मेलन गरी सो बारेमा सार्वजनिकिकरण गरिने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी गराए ।



तपाईको कमेन्ट लेख्नुहोस्