Techie IT
HK Tube Nepal

लेटाङमा मल्टिमिडिया सम्बन्धी तालिम समापन


लेटाङ, असार १८ । नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको ३ दिने मल्टिमिडिया सम्बन्धी तालिम आज सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको कृषी विकास बैँकको क्षेत्रिय तालिम केन्द्रमा असार १६ गते देखी आयोजित तालिम १८ गते सम्पन्न भएको हो ।

तालिमको समापनलाई सम्बोधन गर्दै लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावतीले तालिममा सिकेका विषयलाई कार्यन्वयन गर्न आग्रह गर्दै आफ्नो नगर भित्र तालिमको आयोजना गरेकोमा नेपाल पत्रकार महासंघ मोरङलाई धन्यवाद व्यक्त गरे । लेटाङ सुनाखरीको राजधानी भएको जानकारी गराउदै पर्यटन क्षेत्रको प्रर्वद्धन तथा सर्मद्धनको लागि प्रचारप्रसारको निम्ती पत्रकारको सहयोगको आवश्यक रहेको बताउँदै आग्रह पनि गरेका छन ।

तालिमको पहिलो दिन सामाजिक सञ्जालको माध्यमको प्रयोग, दोस्रो दिन भिडियो समाचार सम्पादन विषय, तेस्रो दिन समाचार शब्द तथा फोटो पत्रकारीताबारे प्रशिक्षण भएको थियो ।
सो कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत मोरङका ६० पत्रकारको तालिममा सहभागिता रहेको थियो ।

Eastkhabar



तपाईको कमेन्ट लेख्नुहोस्