Techie IT
HK Tube Nepal

चौथो बेलबारी आइडल बने मौसम नेपाली

फस्ट रनरअप बेलबारी २ कि तिर्सना राई र सेकेन्ड रनरअप वडा नं. १ का साजन बराइली बने


बेलबारी, असार १८ ।  मौसम नेपालीले
बेलबारी आइडल चौथो संस्करणको उपाधी जितेका छन् । शनिबार भएको फाइनलमा बेलबारी नगरपालिका वडा १० का मौसम चौथो बेलबारी आइडल बनेका हुन् ।

फस्ट रनरअप बेलबारी २ कि तिर्सना राई र सेकेन्ड रनरअप वडा नं. १ का साजन बराइली भएका छन् । उपाधि विजेताले नगद पुरस्कार ३० हजार सहित ट्रफी र प्रमाणपत्र, फस्ट रनरअपले रु.१५ हजार र सेकेन्ड रनरअपले रु.१० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।साथै उत्कृष्ट तीनले ३ महिने निःशुल्क सङ्गीत कोर्स प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका प्रमुख डि.पि राईले विजेतालाई पुरस्कार प्रदान गरेका थिए । निर्णायक मण्डलमा भिम बस्नेत, अनुप दियाली र हेम भण्डारी रहेका थिए । कार्यक्रम स्रष्टा समाजका अध्यक्ष जे.बि थुलुङको अध्यक्षतामा सम्पन्न भएको हो ।



तपाईको कमेन्ट लेख्नुहोस्