Techie IT
HK Tube Nepal

कानेपोखरीमा ‘मिनि बाल उद्यान’


कानेपोखरी, असार २० । मोरङ कानेपोखरी ७ मा बालबालिकाहरूको लागि मनोरञ्जनात्मक विभिन्न सामग्रीहरू राखी ‘मिनि बाल उद्यान’ सञ्चालनमा ल्याइएको छ ।

पर्यटकीय स्थल भलुवा सिमसार नजिकै पिङ्ग, चिप्लेटी, खेलौना लगायतका सामग्रीहरूको स्थापना गरि ‘मिनि बाल उद्यान’ सञ्चालनमा ल्याइएको हो ।

पर्यटन तथा संस्कृती मन्त्रालय, पर्यटन विकास आयोजना, प्रदेश नं.१ विराटनगरले भलुवा सिमसार पर्यटकीय पुर्वाधार विकास कार्यक्रमका लागि २०७८/०७९ को स्वीकृत वार्षिक बजेट पन्ध्र लाखबाट निर्माण गरिएको भलुवा सिमसार संरक्षण तथा व्यवस्थापन समितीका अध्यक्ष जीवन सुब्बाले बताए ।
उनले भने, ‘बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासका लागि खेलकुद आवश्यक पर्छ । अहिलेको २१ औं शताब्दीको युगमा खेलकुदलाई शिक्षा भन्दा पनि महत्वपूर्ण मानिन्छ । खेल र मनोरञ्जनबाट सिकाई दिगो हुने भएकाले पनि बाल उद्यान निर्माण गरिएको हो ।’

सो उद्यान स्थल कानेपोखरीको आइतबारे र शुक्रबार जोडने भित्री सडकखण्ड उत्तरतर्फ ग्रामीण सुधार सामुदायिक वन क्षेत्रमा रहेको छ ।



तपाईको कमेन्ट लेख्नुहोस्