Techie IT
HK Tube Nepal

शर्मा र भट्टराईलाई शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार


विराटनगर, असार २२ । शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कारबाट दुई पत्रकारहरूलाई पुरस्कृत गरिएको छ । आज विराटनगरमा प्रेस चौतारी नेपाल मोरङ जिल्ला कमिटीले एक कार्यक्रमको आयोजना गरि वरिष्ठ पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराईलाई पुरस्कृत गरेको हो । उनीहरुलाई नगद २१ हजार सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो  ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए । वि.स. २०७६ मा स्थापना भएको उक्त पुरस्कार कोरोना महामारीका कारण वितरण हुन नसकेकोमा वि.सं. २०७७ को शर्मा र २०७८ को भट्टराईलाई प्रदान गरिएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चारकर्मीहरुले समाजमा रहेको विकृति एवं विसङ्गति अन्त्यका लागि सत्य तथ्यका आधारमा आम नागरिकमा सूचना पस्कनुपर्नेमा जोड दिए ।

प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, चौतारी प्रदेश अध्यक्ष अविजाल विष्ट, पुरस्कार छनौट समितिका सदस्य रामचन्द्र अधिकारीले सञ्चार माध्यमलाई प्रवर्द्धन कार्य र स्वतन्त्र अभिव्यक्तिमा पार्टीको ठूलो योगदान रहेको धारणा व्यक्त गरे ।



तपाईको कमेन्ट लेख्नुहोस्