Techie IT
HK Tube Nepal

केन्द्रिय अनुसन्धान ब्युरोले क्रिप्टोकरेन्सी जस्ता गैर कानुनी कारोबार नगर्न आग्रह


केन्द्रिय अनुसन्धान ब्युरोले क्रिप्टोकरेन्सी जस्ता गैर कानुनी कारोबार नगर्न र नगराउन सजग गराएको छ। ब्युरोले सूचना जारी गर्दै क्रिप्टोकरेन्सी,हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतको कारोबार नेपालमा प्रतिवन्धित छ । यस्ता कारोबारमा संलग्न नहुन आग्रह गरेको छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९६ अनुसार किप्टोकरेन्सी जस्ता गैरकानुनी कारोबार गर्दा दण्ड सजाय हुनेछ । यस्तो कसुर गर्ने व्यक्तिलाई उक्त कसुरसँग सम्बन्धित कसुर जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुबै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसुरको मात्रा हेरि बढीमा १० लाख रुपैयाँसम्म जरिवाना वा तीनवर्षसम्म कैद वा दुबै सजाय हुन विज्ञप्तिमा उल्लेख छ।



तपाईको कमेन्ट लेख्नुहोस्