Techie IT
HK Tube Nepal

कानेपोखरीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


कानेपोखरी, असार ३० । मोरङ कानेपोखरी गाउँपालिकाले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
गाउँपालिकाको आयोजना र भुल्के मिडिया प्रालिले  सहकार्य गरेको कार्यक्रम गाउँपालिका कार्यालय परिसरमा भएको हो । कार्यक्रमको सहजीकरण पत्रकार बाबुराम निरौलाले गरेका थिए ।

कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामको अध्यक्षता सञ्चालन भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहजकर्ता निरौलाले पत्रकारद्वय मोहन भट्टराई र दिनेश सुब्बाले १५ दिन अघि कानेपोखरीको वडा नं. १ देखि ७ सम्मबाट प्रतिनिधिमुलक रुपमा नागरिक प्रश्नावलीबाट नागरिकको मतलाई टिपोट गरि तथ्यांकिय रुपमा पेश गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सुनुवाईमा उपस्थित गाउँबासिहरूले स्वास्थ्य, कृषि, शिक्षा, पुर्वाधार, महिला उद्यमशिलता, महिला सशक्तीकरण, गाउँपालिकाले सहजीकरण गर्ने रोजगारीका अवसरहरू लगायतका बारेमा जिज्ञासा राखेका थिए । साथै, गाउँपालिकालाई समृद्धितर्फ अग्रसर बनाउन नागरिकहरूबाट सुझाव समेत लिइएको थियो । उठेका प्रश्नहरूलाई प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरे, गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी र अध्यक्ष राजमती इङ्नामले समाधान गरेका थिए ।



तपाईको कमेन्ट लेख्नुहोस्