Techie IT
HK Tube Nepal

कानेपोखरीको पहिचान ‘खिर’लाई प्रवर्द्धन गरिने : अध्यक्ष इङ्नाम


कानेपोखरी, असार ३० । मोरङ कानेपोखरी बजारको पहिचान खिरलाई अझ प्रवर्द्धन गर्दै महेन्द्र लोकमार्ग भएर भ्रमण गर्नेहरूमाझ थप विश्वसनीयता बढाउँदै लाने कानेपोखरी अध्यक्ष राजमती इङ्नामले बताएकि छिन ।
आर्थिक वर्ष ७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजानिकिकरण कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन ।

एकसमय ‘खिरको नामले प्रख्यात’ कानेपोखरी हुँदै यात्रा गर्नेहरू रोकिएर खिर नखाइकन अगाडि बढ्दैनन थिए तर अहिले कानेपोखरीको त्यो इतिहास सेकुवा, तारेको, पिज्जा, ब्रगरमा परिणत हुँदैछ । र, त्यो इतिहासलाई फेरि विशेषताको रुपमा फर्काउन “कानेपोखरीको खिर, गुणस्तरमा छैन पिर” अभियान सञ्चालनमा ल्याउने, ‘इङ्नामले बताइन् । साथै, उनले खिरसँगै दूध उत्पादन वृद्धिमा समेत कृषकलाई निरन्तर अनुदान प्रदान गरिने कुरा व्यक्त गरिन ।

खिर उत्पादन गरि बिक्री/वितरण गर्ने पसलमा सन्तुष्टी र गुणस्तर सम्बन्धि धारण संकलन गर्ने सुझाव पेटीकाको व्यवस्था गाउँपालिकाबाट गरि उक्त पेटीका मार्फत प्राप्त हुन आएको सुझावका आधारमा खिर व्यवसायीलाई आर्थिक अनुदान उपलब्ध गराउने व्यवस्था समेत गरिने उनले सुनाइन् ।



तपाईको कमेन्ट लेख्नुहोस्