Techie IT
HK Tube Nepal

मयुर स-मिलबाट अवैध काठ बरामत


कानेपोखरी, साउन १३ । पछिल्लो समय सव-डिभिजन वन कार्यालय, कानेपोखरी मोरङको मातहतमा रहेका सामुदायिक वनहरूमा काठ चोरीनिकासीका घटनाहरू बढ्दो क्रममा रहेको छ।

यसैक्रममा पुनः बिहीबार कानेपोखरी ४ रमाइलोमा रहेको मयुर स- मिल र कानेपोखरी ६ माझी टोलबाट अवैध काठ बरामत गरिएको छ ।

कानेपोखरीको ग्रामीण सुधार सामुदायिक वनबाट चोरी भएको ठूलो परिणामको अवैध काठ बरामत गरिएको हो।

सशस्त्र प्रहरी बेस क्याम्प पथरी शनिश्चरे, सव-डिभिजन वन कानेपोखरी, ग्रामीण सुधार वनको टोलि लगायतले गोप्य सूचनाका आधारमा सो स्थानबाट जम्मा ४५.९९ क्यू फिट सालको गोलिया र चिरान काठ बरामत गरेको हो ।

चोरीको घटनामा संलग्न रहेको भन्ने जानकारी अनुसार ६ नं. वडाका दिलिप माझी र अन्य साथै उनिहरूले प्रयोग गरेको सवारी साधनको खोजी कार्य तिव्र रहेको ग्रामीण सुधार वनका अध्यक्ष नवीन राइले बताए । काठ तस्करीबारे थप अनुसन्धान भइरहेको र चाँडै नै यसमा संलग्नहरुको पहिचान हुने राईको भनाइ छ ।

‘समितिको आठ जना हेरालुहरू रहेका छन । ४ वर्षदेखी यस ग्रामीण सुधार वनबाट विविध आन्तरिक कारणले लडेको रुखहरू समेत निकाल्न पाइएको छैन । बिक्रीवितरण पनि रोकिएको छ । यस वनको कार्यसमितिले तुरुन्त कार्ययोजना बनाएर वा चाडैं वन हस्तान्तरण गर्न लगाएर जङ्गलभित्र लडेका सबै काठहरू व्यवस्थापन गरि उपभोक्तालाई प्रदान गरेपछि मात्र यस समस्याको समाधान हुन्छ, ‘सव-डिभिजन वन कार्यालय कानेपोखरीका अधिकृत तुलसीलाल यादवले सुनाए’ ।

‘रुखहरू लडेका छ्न, नजिकै घर बनाइरहेका छ्न सो कारणले पनि चोरी नियन्त्रण हुन सकेको छैन । यसअघि पनि पटकपटक चोरीका घटनाहरू घटिसकेका छ्न । हामीले नियन्त्रणका लागि प्रयास गरिरहेका छौं, ‘ यादव बताए । उनले भने, ‘काँचो रुख काटिएको छैन, लडेका रुखका टुनाहरू चोरी भइरहेको छ’ ।



तपाईको कमेन्ट लेख्नुहोस्